
१२ फागुन, काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेर संविधानवादको स्पष्ट सन्देश दिएको छ ।
सर्वोच्चको फैसलाले भविष्यमा कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैन भन्ने स्थापित गरेको जानकारहरू बताउँछन् ।
प्रस्तुत छ, अदालतको फैसलाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल र विशेष अदालत, बबरमहलका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको धारणा :
गिरीशचन्द्र लाल
पूर्वन्यायाधीश, सर्वोच्च अदालत
सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा ५ पुस भन्दा पहिलाकै अवस्थामा पुगेको छ । त्यतिबेला १७ पुसभित्र संसद अधिवेशन बोलाउनु पर्ने थियो । त्यही दिन हिसाब गरेर अदालतले १३ दिनभित्र बैठक बोलाउनु भनेको देखिन्छ । प्रधानमन्त्रीले गर्नुभएको सिफारिस र राष्ट्रपतिले जारी गर्नुभएको विज्ञप्ति दुवैलाई अदालतले बदर गरेको छ ।
संविधानको धारा ७६ को व्याख्या गर्दै अदालतले सरकार बन्ने अवस्था रहेसम्म संसद विघटन गर्न पाइँदैन भनेको छ । २०४७ सालको संविधानको धारा ५३ को ४ मा भएको विघटनको अधिकार अहिलेको संविधानले प्रधानमन्त्रीलाई दिएको छैन भन्ने व्याख्या हो । संसदीय व्यवस्थमा प्रधानमन्त्रीलाई विघटनको अधिकार हुने भए पनि वर्तमान संविधानमा त्यो अधिकार दिइएको छैन भन्ने अदालतको व्याख्या हो ।
अदालतको व्याख्या एकदमै राम्रो छ । व्यक्तिगत रुपमा पनि म खुसी छु । मलाई लाग्छ, अदालतको यो फैसलाले न्यायालयप्रतिको जनविश्वास अझै बढाउँछ ।
गौरीबहादुर कार्की
पूर्वअध्यक्ष, विशेष अदालत
प्रधानमन्त्रीले संवैधाधनिक अधिकार भन्दा बाहिर गएर गरेको निर्णय अदालतले सच्याएको हो । सरकार बन्ने अवस्था हुँदासम्म संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा छैन भन्ने अदालतको स्पष्ट सन्देश हो । संविधानलाई ट्रयाक भन्दा बाहिर लान खोजिएको थियो । अदालतले संसदीय अधिकार संविधान भित्र रहन्छ भनेको हो ।
रात रहे अग्राख पलाउँछ भनेर होला अदालतले छिट्टै फैसला गर्यो । भविष्यमा कुनै पनि प्रधानमन्त्रीले विघटन गर्न सक्दैन । जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको संसद बीचैमा मार्न पाँइदैन भन्ने अदालतको सन्देश रह्यो । फैसलाको व्याख्या पनि एकदमै राम्रो आयो । संवैधानिक इजलासका पाँचै जनाले सर्वसम्मत् फैसला गर्नु पनि आफैमा सकारात्मक छ ।
Onlinekhabar.com
Профессиональный сервисный центр по ремонту бытовой техники с выездом на дом.
Мы предлагаем:сервисные центры в москве
Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!
Профессиональный сервисный центр по ремонту техники в Уфе.
Мы предлагаем: Ремонт ноутбуков Azerty стоимость
Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
Предлагаем услуги профессиональных инженеров офицальной мастерской.
Еслли вы искали срочный ремонт холодильников gorenje, можете посмотреть на сайте: ремонт холодильников gorenje сервис
Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!