• Sat. Jul 27th, 2024

स्वीडेनमा शंकास्पद आतंकवादी आक्रमण, सातजना घाइते

Bysaptahiksamachar

२१ फाल्गुन २०७७, शुक्रबार १३:५६ २१ फाल्गुन २०७७, शुक्रबार १३:५६ २१ फाल्गुन २०७७, शुक्रबार १३:५६ ,

स्टकहोम । स्वीडेनको भेटल्यान्डा सहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान सुरु गरेको छ ।

बिहीबार बिहान प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा सात व्यक्ति घाइते भएको जनाइएको छ । तर, विस्तृत विवरण भने दिइएको छैन ।

२० वर्षको आसपासका ती शंकास्पद व्यक्तिलाई प्रहरीले अस्पताल पुर्‍याएको छ । बुधबार अपराह्न भएको उक्त आक्रमणपछि प्रहरीले ती आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको थियो ।

एएफपीसँग कुरा गर्दै प्रहरीले घटनामा ती व्यक्तिले तिखो हतियार प्रयोग गरेको जनाएको छ । प्रहरीले सुरुमा उक्त घटनालाई हत्या प्रयासको संज्ञा दिँदै शंकास्पद आतंकवादी अपराधका रुपमा अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ ।

स्थानीय जोन्कोपिङ अस्पतालले घाइतेमध्ये तीनजना सख्त घाइते अवस्थामा रहेका तथा अन्य दुईजनाको चोट निकै गम्भीर प्रकृतिको रहेको जनाएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै क्षेत्रीय प्रहरी प्रमुख मलेना ग्रानले उक्त आक्रमणको घटनालाई आतंकवादी आक्रमणका रूपमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

आक्रमणकारी स्थानीय व्यक्ति रहेका र विगतमा पनि सानातिना अपराधका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले ती व्यक्ति स्वेडीस नागरिक हो वा होइन भन्नेबारेमा केही खुलाएको छैन ।

स्वेडीस प्रधानमन्त्री स्टेफान लफभेनले उक्त आक्रमणको घटनाको निन्दा गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पछिल्ला वर्षहरुमा स्वीडेनमा आतंकवादी आक्रमणका घटना दोहोरिन थालेका छन् । सन् २०१० डिसेम्बरमा राजधानी स्टकहोममा एक व्यक्तिलाई आत्मघाती बम बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

सन् २०१७ को अप्रिलमा एकजना उज्बेक नागरिकले ट्रक चोरी गरेर मानिसको भिडमा कुदाएका थिए । त्यस घटनामा पाँचजनाको ज्यान गएको थियो । उनी अहिले आजीवन कारावासको सजाय भोगिरहेका छन् ।

साभार: रासस/एएफपी

15 thoughts on “स्वीडेनमा शंकास्पद आतंकवादी आक्रमण, सातजना घाइते”
  1. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *