• Sat. Jul 27th, 2024

युरोपियन युनियनसँग सम्बन्ध तोड्ने रुसको चेतावनी

Bymubesh Giri

३० माघ २०७७, शुक्रबार १८:५९ ३० माघ २०७७, शुक्रबार १८:५९ ३० माघ २०७७, शुक्रबार १८:५९ , ,

काठमाडौँ । रुसले युरोपियन युनियनसँग सम्बन्ध तोड्ने चेतावनी दिएको छ । रुसका विदेशमन्त्री सर्गेई लावरोवले युरोपेली युनियनले रुसमाथि कुनै किसिमका प्रतिबन्ध लगाएमा रुस सबै सम्बन्ध तोड्न तयार रहेको बताएका छन् ।

अहिले युरोपले रुसलाई यात्रासम्बन्धि प्रतिबन्ध लगाउने चर्चा भइरहेका बेला विदेशमन्त्री सर्गेईले यस्तो चेतावनी दिएका हुन् ।

विपक्षी नेता एलेक्सी नाभाल्नीलाई पक्राउ गरेपछि युरोपियन युनियनले रुसमाथि प्रतिबन्ध लगाउने र राष्ट्रपति भ्लादमिर पुटिनका सहयोगीहरुको सम्पत्ति रोक्का गर्ने विषयमा विचार गरिरहेको समाचार बाहिर आएका छन् ।

एक अन्तर्वार्तामा रुसी विदेशमन्त्री सर्गेईले कुनै किसिमको प्रतिबन्ध लगाएमा रुस सम्बन्ध तोड्न तयार रहेको बताएका थिए ।

उनले युरोपियन युनियनले रुससँग सम्बन्ध बिगार्न खोजेको आरोप लगाउदै कुनै पनि किसिमका प्रतिबन्धले रुसको अर्थव्यवस्थामा असर गर्ने बताए । उनले रुस कुनै पनि देश या संघसँग अलग रहन नचाहेको बताउदै यसका लागि आफुहरु तयार रहेको बताएका छन् ।

युरोपेली संघले नाभाल्नीको विषयमा रुसमाथि दबाब बनाउन थालेपछि केहि समय अघि दुवैले आआफ्ना राजदुतलाई निष्कासित गरेका थिए ।

रुसले पहिलो कारवाही गर्दै युरोपेली संघका तीन राजदुत नाभाल्नीको समर्थनमा रहेको आरोप लगाएको थियो । साथै ति राजदुतहरु नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा समेत उपस्थित भएको आरोप लगाएको थियो । रुसले जर्मनी, पोल्याण्ड र स्वीडेनका राजदुतलाई कारवाही गरेसँगै उनीहरुले पनि जवाफी कारवाहीमा रुसका राजदुतलाई निष्कासित गरेका थिए ।

नाभाल्नीलाई केहि महिना अघि विष दिएर मार्ने प्रयास गरेपछि युरोपेली संघले रुसविरुद्ध कडा प्रतिक्रिया दिदै आएको छ । यहि फेब्रुअरी २२ मा हुने युरोपेली संघका केहि मन्त्रीहरुको बैठकपछि सम्भवत रुसमाथिका केहि प्रतिबन्धको घोषणा हुने अनुमान गरिएको छ ।        

Leave a Reply

Your email address will not be published. Required fields are marked *