• Sat. Jan 17th, 2026

मिसेस श्रीलंकाको मञ्चमा विवाद: उपाधि विजेता प्रतियोगी ‘घाइते’, पूर्व विजेताले ताज खोसेर लगाइदिइन उपविजेतालाई

Bysaptahiksamachar

२६ चैत्र २०७७, बिहीबार १२:२६ २६ चैत्र २०७७, बिहीबार १२:२६ २६ चैत्र २०७७, बिहीबार १२:२६

मिसेस श्रीलंका २०२१ को सार्वजनिक बेइज्जती, मञ्चमैं घमासान भएको छ । कुरो यही आइतबारको हो जहाँ श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न ‘मिसेस श्रीलंका २०२१’ को एउटा भब्य समारोहबिच निर्णायकहरुले मिसेस श्रीलंका २०२१ को उपाधी पुष्पिका डिसिल्भाले जितेको घोषणा गरेका थिए ।

श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेकी पत्नी शिरन्थी राजापाक्षे मुख्य अतिथिका रूपमा उपस्थित रहेको उक्त समारोहमा बिजेता घोषणा भएको केही समय लगत्तै सन् २०१९ की मिसेस श्रीलंका विजेता क्यारलाइन जुरीले नव विजेता डिसिल्भाले भर्खरै पहिरिएको ताज लुछेकी थिइन् । जसका कारण डिसिल्भाको टाउकोमा चोट समेत लागेको छ । 

किन लुछियो ताज?
पूर्व विजेता जुरीका अनुसार नव विजेता डिसिल्भाले सम्बन्धविच्छेद गरिसकेकी छिन् र मिसेस श्रीलंकाको बिजेता विवाहित र वैवाहिक सम्बन्धमैं भएको हुनु पर्छ । उनले सोही दावी अनुसार डिसिल्भालाई उपाधिबाट बाहिर राख्दै उप विजेता (रनरअप)लाई विजेता घोषणा गर्दै ताज लगाइदिएकी थिइन् ।

“सम्बन्ध भएका महिलाले प्रतियोगितामा सहभागिता जनाउन नपाउने नियम भएको कारण यस ‘मिसेस श्रीलंका २०२१’ को उप विजेतालाई दिनका लागि म यो कदम उठाउँदैछु,” उनले दर्शकहरूलाई सम्बोधन गरेकी थिइन् ।

त्यस लगत्तै जुरीले उप विजेता (रनरअप)को शिरमा मुकुट लगाइदिइन् । आँखाभरि आँसु पार्दै घाइते डिसिल्भा मञ्चबाट बाहिरिदै गरेको उक्त कार्यक्रमको भिडिओमा देखिन्छ । बाहिरिएपछि आफ्नो आधिकारिक फेसबुक पेजमा गरिएको पोस्टमा डिसिल्भाले आफ्नो टाउकोमा लागेको चोटका कारण अस्पताल जानु परेको कुरा उल्लेख गरेकी छिन् भने आफूमाथि भएको यस “अनुचित तथा अपमानजनक” व्यवहारका लागि कानुनी कदम उठाउने समेत उनले उल्लेख गरेकी छिन् ।

के भन्छन् आयोजक?
“हामी निराश छौँ, मञ्चमा क्यारलाइन जुरीले जुन व्यवहार देखाइन त्यो अपमानजनक थियो र ‘मिसेस वर्ल्ड’ संस्थाले यो विषयमा छानबिन सुरु गरिसकेको छ ।”

यस सम्बन्धमा प्रहरीले समेत जुरीसँग सोधपुछ गरिरहेको छ ।

तथ्य के हो?
आयोजकका तर्फबाट आएको तथ्य अनुसार उनको सम्बन्धविच्छेद नभइसकेको पुष्टि भइसकेको छ भने डिसिल्भाले पनि आफू हाल आफ्नो श्रीमानसँग छुट्टै बसे पनि सम्बन्धविच्छेद भने नभइसकेको बताएपछि डिसिल्भासँग आयोजकहरूले माफी माग्दै मंगलबार नै उक्त उपाधि उनलाई फिर्ता गरिदिएका छन् ।

अहिले यो घटना श्रीलंकामा भाइरल भएको छ । एक पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा डिसिल्भाले भन्छिन्, “श्रीलंकामा मजस्तै कैयन एक्कल आमाहरू छन् जो पीडित छन् । म यो ताज ती महिलाहरूलाई समर्पित गर्न चाहन्छु, ती एकल आमा जसले आफ्ना बच्चाहरूलाई एक्लै हुर्काउन दुःख गरिरहेका छन् ।”

9 thoughts on “मिसेस श्रीलंकाको मञ्चमा विवाद: उपाधि विजेता प्रतियोगी ‘घाइते’, पूर्व विजेताले ताज खोसेर लगाइदिइन उपविजेतालाई”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *