• Sat. Jul 27th, 2024

८ महिना यताकै सस्ताे भयाे सुनकाे भाउ

Bysaptahiksamachar

५ फाल्गुन २०७७, बुधबार १४:१५ ५ फाल्गुन २०७७, बुधबार १४:१५ ५ फाल्गुन २०७७, बुधबार १४:१५

नेपाली बजारमा सुनकाे मुल्यमा ८ महिनापछि यताकै सबैभन्दा सस्ताे भएकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । असार ५ गते सुन प्रतितोला ८९ हजार ४६० रूपैयाँमा किनबेच भएको थियो । त्यस यताकाे फागुन ५ गते सुन प्रतितोला ९० हजार भन्दा मुनि रहेको हो ।

मंगलबार  प्रतितोला ९० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको सुन बुधबार भने १ हजार १०० ले घटेपछि ९० हजार भन्दा तल झरेकाे हाे । 

आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी २० रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *