
काठमाडौं : धादिङ र सिन्धुपाल्चोक जिल्लामा २५ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड आर्थिक सहयोग प्रदान गरेको छ।
नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले चारवटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार धादिङ्ग जिल्लामा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुनेछ। २०७२ सालको भूकम्पले क्षति पु¥याइएका यी स्वास्थ्य चौकी पुनर्निर्माण हुन लागेका हुन्।
चार ठेक्का सम्झौतामा हस्ताक्षर
सोही अवसरमा ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच चारवटा ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ।
यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ। सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ।
नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ।
प्रतिवद्धता अनुरुप १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो। बाँकी परियोजनाहरु बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा रहेको छ। यी स्वास्थ्य संरचनामा ओपिडी, डिस्पेन्सरी, औषधि भण्डारण कक्ष, एन्टी÷पोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्साघर, अपाङ्गमैत्री सरसफाई संरचना रहनेछन्।
स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्नका लागि भारत सरकार नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ। सन् २००३ देखि हालसम्म भारतको आर्थिक सहयोग साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविर र स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेका छन्।
सन् १९९४ देखि भारत सरकारले विविध सरकारी, गैर-सरकारी–गैर नाफामूलक संस्थालाई ८२३ भन्दा बढी एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ।
साभार : अन्नपूर्ण
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.