• Mon. Dec 15th, 2025

‘सेनाले हामीलाई चरा मारेझैं मारिरहेको छ’

Bysaptahiksamachar

१५ चैत्र २०७७, आईतवार १६:४२ १५ चैत्र २०७७, आईतवार १६:४२ १५ चैत्र २०७७, आईतवार १६:४२

म्यानमारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर पाँच वर्षका बच्चासहित ११४ नागरिकको ज्यान गएको छ।

गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको सेनाले त्यसपछि पहिलो पटक एकैदिन यति धेरै नागरिकको ज्यान लिएको हो। नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै नयाँ चुनाव गराउँछु भनेर सत्ता लिएको सेनाले चलाएको गोली लागेर अहिलेसम्म ४४० जनाले ज्यान गुमाएका छन्।

सेनाले सत्ता लिएपछि  म्यानमारमा दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। यसअघिका प्रदर्शनमा पनि सेनाले दमन गर्दै आएको थियो तर शनिबार एकैदिन १०० बढी प्रदर्शनकारीको हत्या गरिएको हो। 

शनिबार म्यानमारमा सैनिक बल स्थापना दिवस थियो। त्यही दिन सुरक्षाकर्मीले यंगुन, मण्डालयलगायतका शहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन्। 

‘उनीहरूले हामीलाई हाम्रै घरभित्र चरा मारेझैं मारिरहेका छन्,’ एक जना प्रदर्शनकारी थु या जले समाचार संस्था रोयटर्ससँग भनेका छन्,’तर जे भए पनि हामी प्रदर्शन जारी राख्नेछौं। जुन्ता शासन नढलेसम्म हाम्रो आन्दोलन भइरहने छ।’

यसैबीच अमेरिकालगायत दर्जन मुलुकका सैनिक अधिकारीले म्यानमारको सेनाले शनिबार गरेको दमनको विरोध गर्न लागेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेर सैनिक क्रुरताको विरोध गर्न लागेको रोयटर्सले जनाएको छ। 

अष्ट्रेलिया, क्यानडा, डेनमार्क, जर्मनी, ग्रिस, इटाली, जापान, नेदरल्याण्ड, न्युजिल्याण्ड, दक्षिण कोरिया र बेलायतका उच्च सैनिक अधिकारीहरूले जारी गर्न लागेको विज्ञप्तिमा शनिबारको नरसंहारले  म्यानमारको सैनिकले जनतासँगको विश्वास गुमाएको उल्लेख छ। यी मुलुकमा कूटनीतिज्ञले  यसअघि नै सैनिक दमनको विरोध गरिसकेका छन्। सेनाबाट यसरी अर्को देशको सेनाको विरोध कमै हुन्छ। 

उता रूसले भने म्यानमारको सेनाले देशमा प्रजातन्त्र पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेको छ। सैनिक बल स्थापना दिवसको समारोहका लागि रूसले आफ्ना उप रक्षामन्त्रीलाई नै नेपिदअ पठाएको थियो। 

शनिबार सेनाले गरेको समारोहमा सहभागी उनी सबैभन्दा बरिष्ठ विदेशी अधिकारी थिए। 

साभार : setopati

10 thoughts on “‘सेनाले हामीलाई चरा मारेझैं मारिरहेको छ’”
  1. official live-casino channel: лучшие площадки 2024 года + секретные зеркала. учим выигрывать в рулетку, blackjack и crazy time. промокоды с бездепом 50$. регистрация за 1 минуту > игра > вывод на карту!
    https://t.me/Best_promocode_rus/2421/фейковые_бонусы_казино
    Коллекция промокодов, бонусов, фриспинов и акций и как их найти: лучший активный канал казино Telegram с огромным опытом и качественным подбором на каждую площадку.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *