• Fri. Jan 23rd, 2026

सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

Bysaptahiksamachar

१४ फाल्गुन २०७७, शुक्रबार १८:५६ १४ फाल्गुन २०७७, शुक्रबार १८:५६ १४ फाल्गुन २०७७, शुक्रबार १८:५६ ,

सुर्खेत । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमीकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइ मार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० गतेसम्मका लागि रोक लगाइएको जानकारी दिए ।

सिमिकोट गाउँपालिकाको बैठकले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै ब्रोइलरको मासुमा रोक लगाइएको यहाँस्थित पशुसेवा शाखाले जनाएको छ । बैठकले पशुपंक्षीसमेत बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्ष छक्कबहादुर रोकायालगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । कर्णाली प्रदेश राजधानी सुर्खेतमा बर्डफ्लु देखापरेपछि हुम्लामा पनि सर्वसाधरणलाई ब्रोइलरको मासु नखान र व्यापारीलाई बेचबिखन नगर्न भनिएको छ ।

साभार : रासस

8 thoughts on “सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *