• Fri. Oct 25th, 2024

भद्रपुर नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य उपचारका लागि घरदैलो कार्यक्रम

Bysaptahiksamachar

११ फाल्गुन २०७७, मंगलवार १६:५९ ११ फाल्गुन २०७७, मंगलवार १६:५९ ११ फाल्गुन २०७७, मंगलवार १६:५९ , ,

‘घर दैलोमै स्थानीय सरकार-गर्छौ हामी स्वास्थ्य उपचार’ – भन्ने नाराका साथ भद्रपुर नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य उपचारका लागि घरदैलो कार्यक्रम सुरु गरेको छ। नेपाल सरकारले, स्थानीय सरकार मार्फत घर-घरमा सेवा पुर्‍याउन गरेको उद्घोष लाई सार्थक बनाउन भद्रपुर ७ नं. वार्डले जिल्ला मै पहिलो पटक घरदैलो स्वास्थ्य सेवा कार्यलाई अभियान कै रूपमा शुभारम्भ गरेको वडाअध्यक्ष विनोदप्रसाद पोखरेलको दावी छ।

वडा अध्यक्ष पोखरेलको सभापतित्व र भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा सो वडा अन्तरगतको सालमारा टोलबाट अभियानको शुभारम्भ गरिएको छ। पहिलो दिन ५० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो। सोही कार्यक्रममा ४० जना स्थानीय कृषकलाई करेसा बारीका लागि वीऊ विजन समेत वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।