‘घर दैलोमै स्थानीय सरकार-गर्छौ हामी स्वास्थ्य उपचार’ – भन्ने नाराका साथ भद्रपुर नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य उपचारका लागि घरदैलो कार्यक्रम सुरु गरेको छ। नेपाल सरकारले, स्थानीय सरकार मार्फत घर-घरमा सेवा पुर्याउन गरेको उद्घोष लाई सार्थक बनाउन भद्रपुर ७ नं. वार्डले जिल्ला मै पहिलो पटक घरदैलो स्वास्थ्य सेवा कार्यलाई अभियान कै रूपमा शुभारम्भ गरेको वडाअध्यक्ष विनोदप्रसाद पोखरेलको दावी छ।

वडा अध्यक्ष पोखरेलको सभापतित्व र भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा सो वडा अन्तरगतको सालमारा टोलबाट अभियानको शुभारम्भ गरिएको छ। पहिलो दिन ५० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो। सोही कार्यक्रममा ४० जना स्थानीय कृषकलाई करेसा बारीका लागि वीऊ विजन समेत वितरण गरिएको थियो।
В этой информационной статье вы найдете интересное содержание, которое поможет вам расширить свои знания. Мы предлагаем увлекательный подход и уникальные взгляды на обсуждаемые темы, побуждая пользователей к активному мышлению и критическому анализу!
Подробнее можно узнать тут – https://medalkoblog.ru/