
झापाको मेचीनगरस्थित निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ मेचीपारीको गाउँमा पाच दशकपछि विद्युत विस्तार भएको छ । घर घरमा बत्ती बल्न थालेपछि स्थानीयवासीको घरमात्र होईन अनुहार नै उज्यालो छ । बत्ती बलेसँगै आर्थिक अभावकै कारण लामो समयदेखि अन्धकारमा बस्न बाँध्य यहाका मानिसको उज्यालोमा बस्ने सपना ढिलै भएपनि पुरा भएकामा स्थानीयले खुशीले व्यक्त गरेका छन् ।
मेचीनगर नगरपालिका र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भद्रपुरको लामो प्रयासपछि सो गाउँमा बत्ती बलेको हो । मेचीपारी ग्वाल, सिसौडाँगी र झारु गरी तीनवटा वस्ती रहेका छन् । अहिले ग्वाल बस्तीमा विद्युत विस्तार भएपनि तत्कालै तीनवटै बस्तीमा बत्ती पुग्ने मेचीनगर नगरपालिकाले जनाएको छ ।
शनिबार एक समारोहकाबीच मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भद्रपुरका प्रमुख इञ्जिनियर सञ्जिवकुमार यादवले संयुक्तरुपमा बत्तीको स्वीच थिचेर मेचीपारी ग्वाल बस्ती विद्युत बत्तीको समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दैं प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख आचार्यले यो वस्तीमा स्थानीय सरकारले विद्युत विस्तारको प्रक्रिया नगरपालिकामा जनप्रतिनिधिहरु आए लगत्तै शुरु गरेपनि मेचीनदीका कारण तत्काल यो काम अघि बढ्न नसकेको बताउनुभयो । उहाँले मेची नदीले पोलमा क्षति पु्रयाउने, बगाएर लैजाने समस्याका कारणले समयमै काम नभए पनि नगरपालिका र नेपाल विद्युत प्राधिकरण भद्रपुर यस बस्तीमा विद्युत विस्तार गर्ने कुरामा सहकार्य गदैं अघि बढिरहेको र त्यसैको परिणाम स्वरुप आज ढिलै भएपनि विद्युत विस्तार भएर घर गाउँ नै झलमल्ल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले अब कोहि पनि नगरवासी अन्धकारमा बस्नु नपर्ने भन्दैं बाकी दुईवटा सिसौडाँगी र झारु बस्तीमा छिट्टै बत्ती बाल्ने आश्वसन दिनुभयो । हरेक मानिसले स्वास्थ्य, शिक्षालगायतका आधारभुत आवश्यतका सजिलै प्राप्त गर्नुपर्ने भन्दैं नगरप्रमुख आचार्यले ठुल्ठुला रोग लाग्दा समयमै उपचार नपाउने यहाँका स्थानीयवासी सामान्य रोग लग्दा सम्म उनीहरुले भनेको औषधि खान नपाउने अवस्थााके अन्त्य गर्ने बताउनुभयो । निक्कै विकट र दुर्गम ठाउँका यी मानिसहरुले एउटा सिटामल सम्म किन्नका लागि १२ किलोमिटरको दुरी तय गर्नुपर्ने बाँध्यता रहेको सोहि वडाका वडा सदस्य वृखलाल राजवंशीको भनाई छ ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले यो बस्ती मेचीपारी भएकाले यो ठाउँ पनि नेपाल हो के भन्ने अवस्थामा रहेको र साच्चै यो बस्ती नेपाल र यहाँ बस्ने सवै नेपाल हुन भन्ने अनुभूति दिलाउन पनि यस क्षेत्रमा विद्युत विस्तार गरिएको बताउनुभयो ।
अत्यन्तै निम्न आय भएका यादव, पाहन सन्थाल समुदायको बसोबास रहेको मेचीनगर—१५ स्थित मेची पारीको यो गाउँ झापाको कर्णाली जिल्लाको रुपमा समेत परिचित भए पनि अब क्रमस यसले विकासको फड्को मार्ने उहाँको भनाई थियो । स्थानीय सरकारको लामो समयपछि यो सफलता हात परेको भन्दैं नगर उपप्रमुख उप्रेतीले यसका लागि सवैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भद्रपुरका प्रमुख इञ्जिनियर सञ्जिवकुमार यादवले यहाँको विद्युतको समस्याका बारेमा नगरपालिकाले आफुलाई जानकारी गराए लगत्तै समस्या हल गर्न सक्रियरुपमा लागि परेको बताउनुभयो । तत्कालै आफूले यो क्षेत्रको साइड हेरेर सम्बन्धित वडाध्यक्षसँग परामर्श गरेर विद्युत विस्तार गर्न लागि परे पनि निक्कै समस्या झेल्नु परेको उहाँको भनाई छ ।
हाल जम्मा १६ घरमा मिटर उपलब्ध गराएको र अत्यन्तै निम्न आय भएका र विपन्न मानिसको बसोबास भएकाले कार्यालयले निःशुल्करुपमा विद्युतको मिटर उपलब्ध गराएको उहाँको भनाई छ । जग्गा नहुनेलाई सामान्य १ हजार रुपैयाँ धरौटीकारुपमा लिएको उहाँले बताउनुभयो । मेचीनगर नगरपालिकाले प्राधिकरणलाई यति सहयोग नगरेको भए यति चाडै यो वस्तीमा बत्ती बल्ने अवस्था नभएको उहाँले प्रष्ट पार्नुभयो । अहिले एउटाक्षेत्रमा मात्र विद्युत बलेपछि केही दिनमा सवैक्षेत्रमा बत्ती पुग्ने उहाँले बताउनुभयो ।
ग्वाल बस्ती विकास संस्थाका अध्यक्ष अमन यादवले ढिलै भएपनि आफ्नो गाउँठाउँमा विद्युत विस्तार भएकोमा खुशी व्यक्त गदैं नगरपालिका र नेपाल विद्युत प्राधिकरणलगायत सवैप्रति धन्यावद ज्ञापन गर्नुभयो । विकासका हरेक गतिविधिबाट पछि परेको मेचीनगरको १५ नम्बर वडाको मेचीपारीको गाउँमा ढिलै भएपनि बत्ती बलेकाले अन्य विकासका कामहरु, स्वास्थ्य, शिक्षा, खानेपानी, मेचीनदीमा झोलुङ्गे पुलको व्यवस्था गरिदिन उहाँले स्थानीय सरकारसँग माग गर्नुभयो । आर्थिक अभावकै कारण लामो समयदेखि अन्धकारमा बस्न बाँध्य यहाका मानिसको भएपनि उज्यालोमा बस्ने सपना ढिलैभएपनि पुरा भएको प्रतिक्रिया उहाँको थियो ।
वडानम्बर १५ का वडाध्यक्ष गुणराज भटट्राईले कार्यक्रमको सभापतित्व गदैं ग्वाल बस्तीमा १८,सिसौडाँगीमा १० र झारु वस्तीमा ८ गरी कुल ३६ घर रहेपनि अहिले ग्वाल बस्तीमा विद्युत पुगेको र अब केही दिनै तीनै वटै वस्तीमा विद्युत पुग्ने बताउनुभयो ।
मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, १५ नम्बर वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दल, सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
साभार :purbanchaldaily

Эта статья предлагает уникальную подборку занимательных фактов и необычных историй, которые вы, возможно, не знали. Мы постараемся вдохновить ваше воображение и разнообразить ваш кругозор, погружая вас в мир, полный интересных открытий. Читайте и открывайте для себя новое!
Изучить вопрос глубже – https://vyvod-iz-zapoya-1.ru/
Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
苹果签名,苹果超级签平台,ios超级签平台ios超级签苹果企业签,苹果超级签,稳定超级签名
专业构建与管理谷歌站群网络,助力品牌实现全域流量的强势增长。谷歌站群
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.