• Mon. Dec 15th, 2025

नेप्से परिसूचक १६ अंकले घट्यो, बैंकमा लगानीकर्ताको आकर्षण कायमै

Bysaptahiksamachar

२९ माघ २०७७, बिहीबार २२:३३ २९ माघ २०७७, बिहीबार २२:३३ २९ माघ २०७७, बिहीबार २२:३३

२९ माघ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ११ अंकले घटेर २ हजार ५ सय २६ दशमलव ९२ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६६ अंकले ओरालो लागेको छ । कारोबार रकम करिब साढे ८ अर्ब पुगेको छ । दिनभर भएका ७२ हजार ७ सय ३७ कारोबारबाट २ सय ६ कम्पनीका १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार रुपैयाँ नाघेको छ । बैंकहरुको सेयरमा भने लगानीकर्ताहरुको आकर्षण कायमै देखिएको छ । धेरै कमर्सीयल बैंक र विकास बैंकको सेयर मूल्इ धेरै बढेको छ । समग्रमा बजार घट्दा पनि सेयर बजारमा कारोबार हुने १३ समूहहरु मध्ये बैंकिङ, विकास र म्चुअल फण्ड समूहको सबइन्डेक्स भने बढेको छ ।

बिहीबार धेरै कमाउनेमा चन्द्रागिरी हिल्सका लगानीकर्ता देखिएका छन् । चन्द्रागिरीको ५.०३ प्रतिशत भन्दाधेरैले सेयर मूल्य बढेको छ । लुम्बिनी विकास बैंकको सेयर मूल्य ४ अंकले बढेको छ भने ज्योति विकास बैंक ३.९८ प्रतिशतले बढेको छ ।

बिहीबार धेरै गुमाउनेमा लघुवित्त संस्थाहरु धेरै देखिएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले बिहीबार धेरै गुमाउका छन् । यस संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । दोस्रोमा डेप्रोक्स लघुवित्तको ९.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

डेप्रोक्सले बिहीबारमात्रै १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस संस्थाको अपेक्षा गरिए भन्दा कम लाभांश घोषणा भए पछि सेयर मूल्य घटेको हो ।

साभार : onlinekhabar.com

30 thoughts on “नेप्से परिसूचक १६ अंकले घट्यो, बैंकमा लगानीकर्ताको आकर्षण कायमै”
  1. В этой статье представлен занимательный и актуальный контент, который заставит вас задуматься. Мы обсуждаем насущные вопросы и проблемы, а также освещаем истории, которые вдохновляют на действия и изменения. Узнайте, что стоит за событиями нашего времени!
    Изучить вопрос глубже – https://vyvod-iz-zapoya-1.ru/

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *