• Sun. Oct 27th, 2024

ट्रम्पविरूद्ध सिनेटमा सुरू भयो महाअभियोग प्रक्रिया, पारित हुने सम्भावना झिनो

Bysaptahiksamachar

२८ माघ २०७७, बुधबार १५:०८ २८ माघ २०७७, बुधबार १५:०८ २८ माघ २०७७, बुधबार १५:०८

अमेरिकाको माथिल्लो सदन सिनेटमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रक्रिया सुरू भएको छ।

जनवरी ६ मा संसद भवनमा भएको हिंसा भड्काउन सघाएको आरोपमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भएर आएको महाअभियोग प्रस्ताव अघि बढाउनेबारे मंगलबार सिनेटमा छलफल भएको हो। छलफलको सुरूमा महाअभियोग लगाउनु पर्ने र नपर्ने  पक्षमा रहेका दुबै तर्फको बहस भएको थियो।

त्यसपछि भएको मतदानमा ५६ जना सिनेटरले ट्रम्पविरूद्धको महाअभियोग अघि बढाउनु पर्ने पक्षमा र ४४ जनाले विपक्षमा मतदान गरेका थिए। पक्ष र विपक्षको मतदान पार्टीगत रूपमा भएको छ। डेमोक्र्याटिक पार्टीका सबै ५० सिनेटरले पक्षमा मतदान गरेका  छन् भने रिपब्लिकन पार्टीका ६ जनामात्रै ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा उभिएका छन्।

रिपब्लिकन पार्टीका सिनेटरले साथ नदिएकाले ट्रम्पविरूद्धको महाअभियोग पारित हुने सम्भावना झिनो छ। सिनेटले महाअभियोग दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्छ। दुई तिहाइ बहुमत पुग्न कम्तिमा १७ जना रिपब्लिकन सिनेटर महाअभियोग लगाउने पक्षमा उभिनु पर्छ।

अमेरिकाको इतिहासमा दुई पटक महाअभियोग सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन्। सिनेटबाट यो प्रस्ताव पारित भए उनी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्।

साभार : setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।