• Sat. Apr 20th, 2024

जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार छु : गेल

Bysaptahiksamachar

१९ फाल्गुन २०७७, बुधबार १४:२५ १९ फाल्गुन २०७७, बुधबार १४:२५ १९ फाल्गुन २०७७, बुधबार १४:२५ ,

 विश्व टी-२० क्रिकेटका स्टार क्रिस गेलले आफू जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको बताएका छन् । श्रीलंकासँगको टी-२० सिरिजअघिको प्रेस कन्फ्रेन्समा गेलले जुनसुकै पोजिसनमा ब्याटिङ गरेपनि आफू खुसी हुने बताए ।

४१ वर्षीय गेलले कप्तान काएरन पोलार्ड र कोच फिल सिमोन्सले जुन पोजिसनमा भन्छ त्यही पोजिसनमा आफू ब्याटिङ गर्न तयार भएको बताएका हुन् । उनले आफू विश्वकै उत्कृष्ट रहेको बताए ।

‘अहिले म नम्बर ३ मा विशेषज्ञ जस्तो देखिन्छु,’ उनले जोक गर्दै भने, ‘यो भूमिका मलाई अनिल कुम्लेले दिएका हुन् । उनले आईपीएल सुरु हुनुअघि यस बारे भनेका थिए । मलाई यसमा कुनै समस्या भएन । उनीहरुले नम्बर ३ मा मेरो अनुभव चाहेका हुन् किनकी मायंक अग्रवाल र केएल राहुलले राम्रो गरिरहेका थिए ।’

श्रीलंका विरुद्ध सिरिज खेल्ने वेष्ट इन्डिजको १४ सदस्यीय टिममा चारजना ओपनर छन् । गेलसहित एभिन लेविस, लेन्डल सिमोन्स र आन्द्रे फ्लेचरले ओपनिङ गर्न सक्छन् ।

गेलले आफू नम्बर ३ वा नम्बर ५ जता पनि ब्याटिङ गर्न सक्ने बताए । ‘यदी ओपनिङ गर्नुछ भने म तयार छु । नम्बर ३, नम्बर ५ जता पनि म तयार छु । म अझै पनि विश्वको उतकृष्ट नम्बर ५, नम्बर ३ हुनेछ ।’ गेलले भने ।

गेलले आईपीएल २०२० मा पञ्जावका लागि नम्बर ३ मा ९ खेल खेल्दै ३९५ रन बनाएका थिए । उनको औषत ४३.८८ र स्ट्राइक रेट १४४.१६ थयियो ।

गेलले आफूले खेलबाट टाढा हुने सोच बनाएपनि यो वेष्ट इन्डिजबाट पुनरागमन गर्ने प्रस्ताव अस्वीकार गर्न असम्भव रहेको बताए । उनले वेष्ट इन्डिजमा आफ्नो मुटु रहेको बताए ।

यस्ते गेलले तेस्रो पटक टी-२० विश्वकप उपाधि जित्ने लक्ष्य बनाइरहेका छन् । ४१ वर्षीय गेलले यसअघि २०१२ र २०१६ मा टी२० विश्वकप जितेका थिए । सन् २०१९ को ओडीआई विश्वकप पछि गेल पहिलो पटक वेष्ट इन्डिजको जर्सीमा देखिन लागेका हुन् ।

उनले आगामी अक्टोबर-नोभेम्बर भारतमा हुने टी२० विश्वकप उपाधि रक्षा गर्न जस्तो भूमिका दिन्छ त्यो पूरा गर्न तयार रहेको बताए ।

साभार: onlineKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *