• Thu. Oct 24th, 2024

चार वर्षदेखि आत्मकथा लेख्दै करिश्मा

Bysaptahiksamachar

२५ माघ २०७७, आईतवार २३:५९ २५ माघ २०७७, आईतवार २३:५९ २५ माघ २०७७, आईतवार २३:५९

अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा नेपालमा फिल्म निर्माणले भर्खर-भर्खर गति लिन थालेको थियो । १४ वर्षको कलिलो उमेरमा फिल्म ‘सन्तान’ बाट अभिनय करिअर सुरु गरेकी उनले फिल्म क्षेत्रमा तीन दशक विताइसकेकी छन् । केही भारतीय फिल्ममा समेत काम गरिसकेकी करिश्मा आफ्नो समयकी सबैभन्दा सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।   करिअरको उत्कर्षमा रहँदा ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म दिएकी उनले फिल्म निर्माणमा समेत हात हालेकी छन् । ‘ढुकढुकी’ बाट राम्रो मुनाफा कमाएकी उनलाई ‘बाबुसाहेब’ ले भने नराम्रोसँग डुबायो । यसपछि निराश भएर २०६१ सालमा अमेरिका गएकी उनी करीब ९ वर्ष त्यहीँ बसिन् । 

अमेरिकामा रहँदा उनी ‘नेम र फ्रेम’ बाट टाढा थिइन् । जसका कारण उनी खुसी हुन सकेकी थिइनन् । तर, अमेरिका छाडेर उनी नेपाल फर्किन पनि सकेकी थिइनन् । एपी वान टेलिभिजनले सुरु गरेको ‘किताव जात्रा’ को ‘पर्दा भित्र र पर्दा बाहिर’ सेसनमा अभिनेत्री मानन्धरले लेखक कर्ण शाक्यको किताबमा उल्लेख भएका तीन वटा शब्दले आफूलाई नेपाल फर्काएको बताएकी छन् ।   ‘मेरो जीवनमा प्रभाव परेको किताब कर्ण शाक्यको हो, जसबाट प्रभावित भएर मैले जीवनमा नै लागू गरेँ । त्यो किताब विनोद जी (मानन्धर) ले गिफ्ट गर्नुभएको थियो । त्यसबेला म अमेरिकामा बसिरहेको थिएँ । म त्यहाँ बस्न चाहन्न थिएँ । तर, नेपाल फर्किन पनि सकेको थिइनँ । अमेरिकामा नै बस्ने वा नेपाल फर्किने भन्ने निर्णय लिन मलाई अत्यन्त कठिन भएको थियो,’ उनले भनिन् ।   करिश्मा अगाडि भन्छिन्, ‘त्यो अवस्थामा कर्ण शाक्यको किताबमा भनिएको तीनवटा कुराले मेरो जीवनमा एउटा निर्णय लिने शक्ति प्रदान गर्‍यो । किताबमा भनिएको थियो, जब मान्छे देश छाडेर विदेश जान्छ तब ऊ रुटलेस, नेमलेस र फेशलेस हुन्छ । त्यो ठाउँमा तिमी आफूलाई कसरी टिकाउन सक्छौं भन्ने कुराले मलाई असाध्धै छायो । म बस्ने धर्ती त मुलुकै हो भनेर नेपाल फर्किएँ ।’   उनले चारवर्षदेखि आफ्नो आत्मकथा आफैं लेखिरहेको पनि बताएकी छन् । उक्त कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले करिश्मा मानन्धरको आत्मकथा आए धेरैका लागि प्रेरणा हुनसक्ने बताए । उनले करिश्मालाई जीवनप्रतिको उद्येश्य, जीवन भोगाइ र चुनौतीहरु आत्मकथामा समेट्न सुझाव दिए । करिश्माले यी सबै कुरा आफ्नो आत्मकथामा उतार्ने प्रयासमा रहेको बताइन् ।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
2 thoughts on “चार वर्षदेखि आत्मकथा लेख्दै करिश्मा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed