• Wed. Feb 28th, 2024

BySaptahik Samachar

२७ कार्तिक २०७८, शनिबार २०:२४ २७ कार्तिक २०७८, शनिबार २०:२४ २७ कार्तिक २०७८, शनिबार २०:२४

कविताः प्रतिरूप

जब म मलाई हेर्छु
तब म तिमीलाई देख्छु,
जब म तिमीलाई हेर्छु
तब म मलाई देख्छु।

जब तिमी हाँस्छौ
तब मेरो मुस्कान देख्छु,
जब म मुस्कुराउँछु
तब तिमी मुस्कुराएको देख्छु।

जहाँ जान्छौ तिमी
त्यहाँ म पुगेको हुन्छु,
जहाँ हुन्छु म
त्यहीँ आइपुगेको हुन्छौ तिमी।

पारदर्शी छ यहाँ जे पनि
प्रकाशै प्रकाश छ जहाँ,
पग्लिंदैछौ तरल जसरी तिमी पनि
ठोस हुन जरुरत नै छ र कहाँ ?

तिमी मेरै हौ,म तिम्रो हूँ
बीचमा खाली ठाउँ छ र कहाँ,
म तिमीमा छु,तिमी ममा छौ
विभाजन गर्ने वस्तुनै छ र कहाँ ?

भद्रपुर-८,फुलबारी टोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *