• Sat. Jul 27th, 2024

कोरोना भाइरसको जोखिम बढेपछि सीमा नाकामा कडाइ

Bysaptahiksamachar

८ चैत्र २०७७, आईतवार १६:०६ ८ चैत्र २०७७, आईतवार १६:०६ ८ चैत्र २०७७, आईतवार १६:०६

सरकारले भारतसँग जोडिएका सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सीमानाकामा निगरानी बढाउन थालेको हो । 

नाकाहरुमा हेल्थ डेस्कको संख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

भारतमा कोराना संक्रमण दिनानुदिन बढ्दै गएपछि सीमा नाकामा निगरानी गरिएको हो । संक्रमण तीव्र गतिमा फैलन थालेपछि नेपालीहरु भारत छाडेर नेपाल फर्कंदै छन् । भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको त्यहाँका सञ्चार माध्यमले जनएका छन् । 

घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको महाशाखाले जनाएको छ । 

मुख्यगरी भारतसँगका १४ वटा नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण आइतबार १९७ जनाको मृत्यु समाचारमा बताइएको छ । 

साभार : blastkhabar

One thought on “कोरोना भाइरसको जोखिम बढेपछि सीमा नाकामा कडाइ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *