भद्रपुर २६ असोज / हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी चाँडै रिहा हुने सम्भावना बलियो बन्दै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्मको सूचनाअनुसार जोशी सकुशल रहेको र उनको अवस्था स्थिर देखिएको बताउनु भयो ।
क्षेत्रीका अनुसार जोशी कब्जामा परेपछि सार्वजनिक भएको भिडियो र इजरायली पक्षले दिएको जानकारीका आधारमा उनको जीवित अवस्थाबारे सरकार आश्वस्त रहेको छ। “ढिलै भए पनि विपिन जोशी कब्जामा परेपछि सुरुवाती भिडियो सार्वजनिक भएको छ, मृत्युको सूचीमा उनको नाम छैन, र इजरायलले पनि उनी जीवितै रहेको पुष्टि गरेको छ,” क्षेत्रीले भने, “त्यसैले हामी उनी चाँडै रिहा हुनेमा आशावादी छौं।”
मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। साथै, हमास र इजरायलबीच हालै भएको शान्ति सम्झौतालाई नेपालले स्वागत गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौता कार्यान्वयनमा योगदान पुर्याउने राष्ट्रहरू — संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्की — लाई धन्यवाद दिएको छ।
नेपालले उक्त सम्झौताको सफल कार्यान्वयनबाट गाजाका सर्वसाधारण नागरिकलाई राहत पुग्ने र सबै बन्धकहरू, विशेषतः नेपाली नागरिक विपिन जोशी, चाँडै सुरक्षित मुक्त हुने अपेक्षा व्यक्त गरेको छ। मन्त्रालयले दिगो शान्तिको लागि सबै पक्षहरूलाई संयम, संवाद र मानवीय सहयोगका प्रयासलाई निरन्तरता दिन पनि आग्रह गरेको छ।
Kaş tours Turkey Fantastic Turkey tours packed with memories! Every family member found something they loved. https://www.nomadscasablanca.com/?p=2131
Great article, thank you for sharing these insights! I’ve tested many methods for building backlinks, and what really worked for me was using AI-powered automation. With us, we can scale link building in a safe and efficient way. It’s amazing to see how much time this saves compared to manual outreach.
**mind vault**
mind vault is a premium cognitive support formula created for adults 45+. It’s thoughtfully designed to help maintain clear thinking