• Mon. Oct 13th, 2025

हमासद्वारा बन्धक बनाइएका जोशी स्वदेश फर्कने आशा पलायो

BySaptahik Samachar

२६ आश्विन २०८२, आईतवार १८:१० २६ आश्विन २०८२, आईतवार १८:१० २६ आश्विन २०८२, आईतवार १८:१०

भद्रपुर २६ असोज / हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी चाँडै रिहा हुने सम्भावना बलियो बन्दै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्मको सूचनाअनुसार जोशी सकुशल रहेको र उनको अवस्था स्थिर देखिएको बताउनु भयो ।

क्षेत्रीका अनुसार जोशी कब्जामा परेपछि सार्वजनिक भएको भिडियो र इजरायली पक्षले दिएको जानकारीका आधारमा उनको जीवित अवस्थाबारे सरकार आश्वस्त रहेको छ। “ढिलै भए पनि विपिन जोशी कब्जामा परेपछि सुरुवाती भिडियो सार्वजनिक भएको छ, मृत्युको सूचीमा उनको नाम छैन, र इजरायलले पनि उनी जीवितै रहेको पुष्टि गरेको छ,” क्षेत्रीले भने, “त्यसैले हामी उनी चाँडै रिहा हुनेमा आशावादी छौं।”

मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। साथै, हमास र इजरायलबीच हालै भएको शान्ति सम्झौतालाई नेपालले स्वागत गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौता कार्यान्वयनमा योगदान पुर्‍याउने राष्ट्रहरू — संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्की — लाई धन्यवाद दिएको छ।

नेपालले उक्त सम्झौताको सफल कार्यान्वयनबाट गाजाका सर्वसाधारण नागरिकलाई राहत पुग्ने र सबै बन्धकहरू, विशेषतः नेपाली नागरिक विपिन जोशी, चाँडै सुरक्षित मुक्त हुने अपेक्षा व्यक्त गरेको छ। मन्त्रालयले दिगो शान्तिको लागि सबै पक्षहरूलाई संयम, संवाद र मानवीय सहयोगका प्रयासलाई निरन्तरता दिन पनि आग्रह गरेको छ।

3 thoughts on “हमासद्वारा बन्धक बनाइएका जोशी स्वदेश फर्कने आशा पलायो”
  1. Great article, thank you for sharing these insights! I’ve tested many methods for building backlinks, and what really worked for me was using AI-powered automation. With us, we can scale link building in a safe and efficient way. It’s amazing to see how much time this saves compared to manual outreach.

Leave a Reply to Kaş tours Turkey Cancel reply

Your email address will not be published. Required fields are marked *