• Thu. Jul 31st, 2025

सिद्धेश्वर महादेव मन्दिर भद्रपुरको साधारण सभा सम्पन्न

BySaptahik Samachar

१२ फाल्गुन २०८०, शनिबार २०:३० १२ फाल्गुन २०८०, शनिबार २०:३० १२ फाल्गुन २०८०, शनिबार २०:३०

निर्वाचन कार्यक्रम स्थगित

भद्रपुर १२,फागुन / झापा,भद्रपुरमा रहेको सिद्धेश्वर महादेव मन्दिर सेवा समितिको साधारण सभामा अक्षय कोष दातालाई सम्मान गरिएको छ।
भद्रपुर नगरपालिकाको वडा नं.६ मा अवस्थित सो मन्दिरले स्थापना गरेको अक्षय कोषमा रकम जम्मा गर्ने सोही वडाका समाजसेवी गंगालाल श्रेष्ठ र लक्ष्मीप्रसाद घिमिरे र ५ नम्बर वडाका गणेश अधिकारीलाई सम्मान गरिएको हो। उहाँहरूले मन्दिरको अक्षय कोषबृध्दिका लागि नगद रू.एक/एक लाख जम्मा गर्नुभएको छ।

सम्मानित अक्षय कोष दाताहरूलाई भद्रपुर नगरपालिकाका उपप्रमुख तथा साधारण सभाको प्रमुख अतिथि राधा कार्की र समितिका अध्यक्ष घिमिरे एवं उपाध्यक्ष भवेन्द्र गौतमले दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको हो।
नगर उपप्रमुख कार्कीको प्रमुख आतिथ्य र समितिका अध्यक्ष लक्ष्मीप्रसाद घिमिरेको अध्यक्षतामा भएको चौथो साधारण सभामा उपप्रमुख कार्की, वडाध्यक्ष रतिया राजवंशी, अग्रज पत्रकारद्वय गोविन्दचन्द्र क्षेत्री र गोपाल गिरी, आरती पन्त र सम्मानित व्यक्तित्व गंगालाल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो।
साधारण सभाको सञ्चालन सचिव किरण कार्कीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष भवेन्द्र गौतमले राख्नुभएको थियो।

समितिको आजकै साधारण सभाले कार्यसमितिको निर्वाचन गर्ने तालिका भए पनि कारणबश निर्वाचन कार्यक्रम सात दिनका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

120 thoughts on “सिद्धेश्वर महादेव मन्दिर भद्रपुरको साधारण सभा सम्पन्न”

Leave a Reply to buy-ad-account.click_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *