
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत्को माग बढाउन सक्नु चुनौतीपूर्ण भएको बताएका छन्। प्राधिकरणको १७औं कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका शाक्यले आइतबार कार्यभार सम्हाल्दै अहिलेको प्रमुख चुनौती विद्युत् माग र खपत बढाउनु रहेको बताए।
‘एनी हाउ लोड बढाऊ भन्ने नारा नै अघि बढाउनुपर्छ। नत्र प्राधिकरण ठूलो आर्थिक जोखिममा पर्न सक्छ।’ कार्यकारी निर्देशक शाक्यले भने, ‘चालू आर्थिक वर्षमा नै थप एक हजार मेगावाट थपिँदै छ, ६ हजार मेगावाट निजी प्रवद्र्धकका आयोजनासँग खरिद बिक्री सम्झौता भइसकेको छ, त्यही भएर विद्युत्को माग बढाउनुको विकल्प प्राधिकरणसँग छैन।’ प्राधिकरणले निजी प्रवद्र्धकसँग टेक अर पेका आधारमा विद्युत् खरिद गर्दै आइरहेको छ। यसको मतलव निजी प्रवद्र्धकबाट किनेको बिजुली प्रयोग भए पनि वा नभए पनि प्राधिकरणले उनीहरूलाई तोकिएको रकम तिरिरहनुपर्ने हुन्छ।
गत सोमबार मन्त्रिपरिषद्ले आगामी चार वर्षका लागि कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई पूर्ण जिम्मेवारी दिने निर्णय गरेको थियो। ऊर्जा मन्त्रालयबाट पदबहालीको चिठी पाइसकेपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युत्को माग बढाउन औद्योगिक माग बढाउन आवश्यक रहेको बताए।
प्राधिकरणले आगामी एक वर्षमा औद्योगिक क्षेत्रमा विद्युत्को माग एक हजार मेगावाट पुर्याउन अध्ययन सुरु गरेको जानकारी दिए। घरेलु ग्राहबाट मात्रै विद्युत् माग बढाएर कुल ऊर्जाको माग र उत्पादनलाई सन्तुलन गर्न सकिँदैन। यसका लागि औद्योगिक क्षेत्रमा विद्युत्को माग र खपत बढाउनुपर्ने हुन्छ। शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए।
आन्तरिक रूपमा विद्युत् माग बढाउनुसँगै विद्युत्को व्यापारका लागि बजार खोज्न पनि जरुरी देखिएको छ। सरकारको २०७३ देखि ८३ सम्म १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई कार्यान्वयन गर्न प्रसारण तथा वितरण प्रणालीमा सुधारसँगै सांगठनिक संरचना पनि विस्तार गर्न आवश्यक रहेको शाक्यले आंैल्याए।
अहिले चार सय केभीको ढल्केबर सबस्टेसन र २२० केभीको कुश्मा प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकको छ। योसँगै अहिले चार हजार सर्किट किलोमिटर प्रसारण लाइन सञ्चालनमा छ भने यो वर्ष तीन हजार सर्किट किलोमिटर प्रसारण लाइन निर्माणको चरणमा छ। प्राधिकरणका अनुसार ४५ सय सर्किट किलोमिटर अध्ययनको चरणमा छ।
‘आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत पाँच सय युनिट पुर्याउने, संस्थागत विकास योजनालाई अध्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण सम्पन्न गर्ने र दूधकोसी, माथिल्लो अरुणजस्ता रूपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइनेछ’,उनले भने।
‘विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि प्रणालीको सुदृढीकरण तथा विस्तारका काम प्राथमिकताका साथ अगाडि बढ्नेछन्।’ प्राधिकरणका अनुसार विद्युत् चुहावट हाल करिब १८ प्रतिशत रहेको छ। चालू आर्थिक वर्षमा साढे १५ प्रतिशतमा पुर्याउने उल्लेख गरिएको छ।
कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिम रूपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे। ‘विश्वसनीय विद्युत् आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्ण रूपमा विद्युतीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ’,उनले भने। ‘यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अघि बढ्नु पर्छ।’
साभार:annapurnapost.com
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.
Елегантна и удобна алтернатива на роклята – дамски комплект в неутрални тонове
комплекти дрехи за жени https://www.komplekti-za-jheni.com/ .
Базови дамски блузи, които се съчетават лесно с всичко
официални дамски блузи официални дамски блузи .
Тщательная уборка подъездов и общественных пространств
клининг москва клининг москва .
Görsel şölen sunan fantastik türde full hd film önerileri
full izle 4k https://www.filmizlehd.co .
Алкоголь на дом с круглосуточной доставкой — решение для любых ситуаций
доставка алкоголя по москве дешево заказать алкоголь .
Как выглядит готовый каркасный дом внутри и снаружи: примеры и фото
каркасный дом под ключ https://karkasnie-doma-pod-kluch06.ru .