विकास खर्चको दयनीय अवस्था : ६ महिनामा ७.६९ प्रतिशत मात्रै खर्च
काठमाडौं महानगरपालिकाले विकासको नयाँ मोडल अभ्यास गरिरहेको छ । राजस्वबाट उठाएको रकम सञ्चित खातामा राखेर विकास गर्नुपर्नेमा महानगरले मुद्दती खातामा राखेर नौ प्रतिशत ब्याज उठाइरहेको छ ।
महानगरको विकास खर्च स्थिति दयनीय छ । चालू आर्थिक वर्ष ०७७÷७८ का लागि १६ अर्ब ४२ करोड बजेट छुट्याएको महानगरले विकासतर्फ (पुँजीगत बजेट) नौ अर्ब ६ करोड ४७ लाख विनियोजन गरेको थियो । तर, ६ महिनामा ६९ करोड ६२ लाख अर्थात् ७.६९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विकासतर्फ कामै गर्न नसकेपछि महानगरले आर्थिक स्रोतबाट ब्याज उठाउने रणनीति लिएको छ । यही क्रममा नबिल बैंकमा एक अर्ब रुपैयाँ राखिएको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पर्याप्त तरलता भएपछि ब्याज आर्जन हुने गरी रकम मुद्दतीमा राखिएको बताए । ‘यसरी राख्दा नौ प्रतिशत ब्याज आउँछ,’ उनले भने । महानगरपालिकाको राजस्व विभागका अनुसार हाल महानगरसँग आठ अर्ब तरलता छ, जसमध्ये एक अर्ब मुद्दती र बाँकी सात अर्ब विभिन्न कोषमा छ ।
‘राजस्वबाट संकलित रकम मुद्दती खातामा ?’ पूर्वअर्थसचिव रामेश्वर खनाल आश्चर्य मान्छन् । ‘राजस्व त देशको उन्नतिका लागि खर्च गर्न हो, बजेटको सीमामा रहेर अधिकतम खर्च गर्नुप¥यो । मुद्दतीमा राखेर ब्याज खानु नागरिकमाथि अन्याय हो । करबाट उठाएको र बजेटमा तोकिएको खर्च पनि गर्न नसकेर मुद्दतीमा राख्नु गम्भीर आर्थिक अपराध हो,’ उनले नयाँ पत्रिकासँग भने ।
बजेट जति धेरै खर्च गर्न सक्यो त्यति प्रगतिशील काम हुने र त्यसले अर्थतन्त्रलाई पनि लाभ हुने खनालको भनाइ छ । ‘बजेट खर्च हुँदा पूर्वाधार बन्ने मात्र होइन, रोजगारी बढ्छ र अर्थतन्त्र चलायमान हुन्छ । तर, खर्च गर्न सकिनँ भनेर कुनै पनि तहको सरकारले पैसा ब्याजमा लगाउन मिल्दैन । काठमाडौं महानगर मात्र होइन, कुनै पनि सरकारले मुद्दतीमा पैसा राख्न मिल्दैन,’ उनले भने ।
पूर्वअर्थसचिव शान्तराज सुवेदीका अनुसार संघीय, प्रदेश र स्थानीय तीनवटै तहको सरकारको नाममा आउने सबै किसिमका रकम सम्बन्धित सरकारको सञ्चित कोषमा जम्मा हुने संवैधानिक व्यवस्था छ । संघीय र प्रदेश सरकारको सञ्चित कोष राष्ट्र बैंकमा तथा स्थानीय सरकारको सञ्चित कोष ‘क’ वर्गको वाणिज्य बैंकमा हुने कानुनी व्यवस्था छ । तर, संविधानले विकास बजेट मुद्दतीमा राख्ने परिकल्पनासमेत गरेको छैन ।
‘सरकारको सञ्चित कोष भनेको चालू खाताजस्तै हो । जहाँ राजस्व, अनुदान, वैदेशिक सहयोगलगायतबाट आएको रकम जम्मा हुन्छ । एक हिसाबले त्यो बास्केट कोषजस्तै हो,’ सुवेदीले भने, ‘सम्बन्धित सरकारले खर्च गर्दा सोही कोषबाट शीर्षकगत हिसाबले निकासा गर्छन् । र, त्यही कोषबाट वर्षभरि खर्च हुन्छ । वर्षभरिमा अर्थात् असार मसान्तसम्म पनि खर्च नभएको रकम फ्रिज हुन्छ र अर्को आर्थिक वर्षका लागि पुनः सोही सञ्चित कोषमै जम्मा हुने हो,’ उनले भने ।
जनताले तिरेको करबाट उठेको रकम खर्च गर्न नसकेर मुद्दतीमा राखेको अवस्थाले सम्बन्धित सरकारको असक्षमता झल्किने पूर्वअर्थिसचिव सुवेदीको भनाइ छ । ‘जनताको कल्याणका लागि काम गर्ने सरकारले घोषणा गरेअनुसार काम गर्न नसक्नु र विनियोजित रकम नै बचत हुनु भनेको कार्यकुशलताको चरम अभाव हो,’ उनले भने ।
महानगरपालिकाका प्रवक्ता डंगोलले भने मुद्दतीमा रकम राख्दैमा बजेट कार्यान्वयनमा कुनै समस्या नआउने दाबी गरे । ‘मुद्दतीमा राखेको रकम पनि चाहेको वेला झिक्न मिल्छ । पर्याप्त राजस्व उठेन भने त्यो पैसा खर्च गर्छाैँ । यसले बजेट कार्यान्वयनमा कुनै समस्या हुँदैन,’ उनले भने ।
स्थानीय तहले पनि १५ असारभित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ । सबै सरकारी निकायले बजेटबाट पारितबाहेक रकम खर्चिन पाउँदैनन् । सञ्चित कोषमा रहेको रकम खर्चिन पनि नगर सभाबाट पारित गर्नुपर्ने हुन्छ । तर, काठमाडौं महानगरपालिकाले भने चालू खर्च बजेटबाहिर गएर पनि खर्चिने गरेको छ । पदाधिकारी र कर्मचारीको सेवासम्बन्धी शीर्षकमा विनियोजित बजेटभन्दा धेरै रकम खर्च भएको भन्दै महालेखापरीक्षकको कार्यालयले पटक–पटक प्रश्न उठाउँदै आएको छ ।
विकास खर्चको दयनीय अवस्था : ६ महिनामा ७.६९ प्रतिशत मात्रै खर्च
महानगरको चालू आर्थिक वर्षको बजेट १६ अर्ब ४२ करोड छ । तर, ६ महिनासम्म अर्धवार्षिक समीक्षासम्म दुई अर्ब १२ करोड ९३ लाख अर्थात् १५ प्रतिशत मात्र खर्च भएको छ ।
विकासतर्फ नौ अर्ब ६ करोड ४७ लाख बजेट रहेकामा अहिलेसम्म ६९ करोड ६२ लाख अर्थात् ७.६९ प्रतिशत मात्रै खर्च हुन सकेको छ । त्यस्तै, चालू बजेटतर्फ चार अर्ब ८८ करोड ६ लाखमध्ये २९ प्रतिशत अर्थात् एक अर्ब ४४ करोड ३१ लाख खर्च भएको महानगरको तथ्यांक छ । अन्य शीर्षकमा पनि खर्च निराशाजनक छ ।
महानगरको वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धरले गत वर्षका अधुरा आयोजनामा खर्च भएको, तर नयाँ आयोजनामा खर्च हुन नसकेको बताए । ‘पहिलो चौमासिकमा खर्च हुँदैन,’ उनले तर्क गरे, ‘अब बल्ल सहज भएको छ । टेन्डर आह्वान, सम्झौताका काम हुन थालेका छन् । अब खर्च बढ्छ ।’
अर्धवार्षिक समीक्षासम्मको तथ्यांक हेर्दा हालसम्म तीन अर्ब १० करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जसमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानसमेत समावेश छ । जब कि गत वर्ष यही अवधिमा चार अर्ब २२ करोड राजस्व संकलन भएको थियो ।
बजेट संशोधन गरेर विकास खर्च कटौती
कर्मचारीको पारिश्रमिक र सवारीसाधन मर्मतको बजेट बढाइयो, फोहोरमैला प्रशोधन र स्वास्थ्य क्लिनिकको बजेट घटाइयो
काठमाडौं महानगरले अर्धवार्षिक समीक्षामार्फत विनियोजित बजेट संशोधन गरेको छ । कुल बजेटको उही रहने गरी शीर्षकको खर्च तलमाथि गरिएको छ । यसरी विकास खर्च घटाइएको छ भने कर्मचारीको पारिश्रमिक र सवारीसाधन मर्मतको बजेट बढाइएको छ ।
महानगरले कर्मचारी पारिश्रमिक, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, सवारीसाधन मर्मत, मसलन्द तथा कार्यालय सामग्री, मेसिनरी तथा औजार मर्मत, फर्निचर तथा फिक्चर्सलगायत चालू शीर्षकको बजेट बढाएको छ । त्यस्तै सवारीसाधन मर्मतको बजेट दुई करोडबाट बढाएर तीन करोड कायम गरिएको छ ।
कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकको बजेट दुई करोड ६६ लाख बढाएको छ । कर्मचारी प्रोत्साहन शीर्षकमा यसअघि १० करोड विनियोजन गरिएको थियो । त्यस्तै, फर्निचर तथा फिक्चर्स, मेसिनरी तथा औजार मर्मत, कर्मचारीको पारिश्रमिक, मसलन्द तथा कार्यालय सामग्री, शीर्षकको बजेट क्रमशः एक करोड ५० लाख, एक करोड, ४० लाख र २५ लाखले बढाइएको छ ।
तर, पूर्वाधार विकासको शीर्षकको बजेटमा भने महानगरले कैँची लगाएको छ । फोहोरमैला प्रशोधन प्लान्ट खरिद तथा स्थापनाका लागि चार करोड विनियोजन गरेकामा एक करोड घटाएको छ । त्यस्तै, कोटेश्वरमा आकाशे पुल निर्माण र स्वास्थ्य क्लिनिक भवन निर्माणको बजेट क्रमशः एक करोड २० लाख र एक करोडले घटाइएको छ ।
संघीय सरकारबाट प्राप्त हुनेमध्ये एक अर्ब आठ करोड घट्ने भएपछि संघीय राजस्व बाँडफाँडबाट निर्माण हुने आयोजनाको बजेट घटाइएको महानगरको वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धरले बताए । महानगरका ४० वटा बहुवर्षीय आयोजना छन् । ती आयोजनाका लागि अधिकतम पाँच करोड मात्र विनियोजन गरिएको छ ।
नुवाकोट र धादिङको सीमास्थित बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न २५ वर्षअघि सुरु भएको परियोजना अहिलेसम्म पूरा नहुँदा काठमाडौं महानगर र वरपर फोहोर व्यवस्थापनको समस्या पटक–पटक उठ्छ । अहिले अस्थायी रूपमा नुवाकोट सिसडोलस्थित डम्पिङ साइटमा फोहोर फालिन्छ । तर, तीन वर्षका लागि भनेर व्यवस्था गरिएको सो क्षेत्रमा फोहोर फाल्न थालिएको १५ वर्ष भएको छ ।
सिसडोडलमा रासमाथि माटो छापेर बनाइएको सडक वर्षामा पानीले गल्छ । राजधानीबाट फोहोर बोकेर गएका ट्रक त्यही सडक हुँदै गुज्रिनुपर्छ । फोहोरमाथि बनाइएको बाटो वेलावेलामा भासिन्छ । सिसडोललाई पाइलट प्रोजेक्टका रूपमा तीन वर्षका लागि भनेर सरकारले डम्पिङ साइट बनाएको थियो । २२ जेठ ०६२ देखि सिसडोलमा फोहोर फाल्न थालिएको हो ।
सिसडोलनजिकको बन्चरेडाँडा ल्यान्डफिल साइटका लागि उपयुक्त रहेको पहिचान ०५२ मै भएको हो । र, त्यहाँसम्मको प्रवेशमार्ग निर्माण ०५७ मै सुरु भएको थियो । सिसडोल जानुअघि उपत्यकाको फोहोर गोकर्णस्थित ल्याडफिल साइटमा विसर्जन गरिन्थ्यो । त्यस साइटको करिब दुई सय रोपनी भरिएपछि फोहोर उठ्न छाड्यो । त्यहीवेला जाइकाले बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाइदिने प्रस्ताव ल्यायो । दुई अर्ब १० करोड रुपैयाँको लागत प्रस्ताव थियो, जाइकाको । उक्त प्रस्ताव स्वीकृतिपछि कार्यान्वयन भइसक्न तीन वर्ष लाग्ने देखियो । र, त्यति अवधिका लागि मात्र सिसडोललाई ल्यान्डफिल साइट बनाइयो ।
बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट बनाउने सरकारी योजना हो । बन्चरेडाँडाका लागि मुआब्जा (६२ करोड)सहित ७५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीको दाबी छ– बन्चरेडाँडाको काम ८० प्रतिशत सकिएको छ । तर, ५० प्रतिशतभन्दा बढी काम भएको छैन । जस्तो– गत २२ वैशाखमै काम सकिनुपर्ने आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण नै आधा मात्र सकिएको छ । प्रशोधन केन्द्र निर्माणको जिम्मा लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीलाई दिइएको थियो । सम्झौता अवधि २२ वैशाखमै म्याद सकिएको छ ।
काठमाडौंका विभिन्न संकलन केन्द्रमा जम्मा भएको फोहोर बालाजु बाइपासबाट मुड्खु, तिनपिप्ले हुँदै सिसडोल फोहोर प्रशोधन केन्द्रमा विसर्जन गर्ने गरिएको छ । तर, बालाजुदेखि तिनपिप्लेसम्मको सडक व्यवस्थित छैन । ल्यान्डफिल साइट पुग्ने वेला फोहोर थुपारिएकै ठाउँबाट बनाइएको करिब पाँच सय मिटर सडक हिलाम्य हुने गर्छ । सोही खण्डमा घन्टौँसम्म गाडी फस्छन् । सिसडोल र बन्चरेडाँडाबीचको करिब दुई किलोमिटर सडक पनि कालोपत्रे हुन बाँकी छ । तर, यता महानगर भने यस्ता परियोजनामा खर्च गर्न नसकेर ब्याजमा पैसा लगाएर नाफा खाने योजनामा छ ।

साभार : nayapatrikadaily.com
Предлагаем вашему вниманию интересную справочную статью, в которой собраны ключевые моменты и нюансы по актуальным вопросам. Эта информация будет полезна как для профессионалов, так и для тех, кто только начинает изучать тему. Узнайте ответы на важные вопросы и расширьте свои знания!
Детальнее – https://medalkoblog.ru/
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
Appreciate it, Numerous write ups!
casino en ligne France
Effectively expressed certainly! .
casino en ligne
Thank you, I like it.
casino en ligne France
You reported that terrifically.
casino en ligne
Great data. Regards.
casino en ligne francais
Thanks! A good amount of facts!
casino en ligne francais
Appreciate it. A good amount of facts.
casino en ligne
Kudos. A good amount of knowledge.
casino en ligne francais
Amazing plenty of helpful knowledge!
casino en ligne
You revealed this well!
meilleur casino en ligne