• Sat. Jan 17th, 2026

बिर्तामोडका व्यवसायी चुनावी दौडमा : मतदाता भन्छन्, ‘नयाँ अनुहार अबको विकल्प हुनसक्छ’

Bysaptahiksamachar

७ फाल्गुन २०७७, शुक्रबार १७:५६ ७ फाल्गुन २०७७, शुक्रबार १७:५६ ७ फाल्गुन २०७७, शुक्रबार १७:५६ ,

झापा– बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नेतृत्वका सबै दावेदारले आजदेखि चुनावी प्रचारलाई तीब्र बनाएका छन् । फागुन १६ का लागि तय भएको निर्वाचन आउन नौ दिन बाँकी छँदा व्यवसायिक क्षेत्रमा चुनावी चहलपहल तीब्र भएको हो ।

उमेद्वारले मतदातासँग घरदैलो गर्ने अभियानमा आफूलाई केन्द्रीत गरेका छन् । सामूहिक र व्यक्तिगतरुपमा पनि मत माग्ने काम सुरु भएको छ । बिर्तामोडका लागि सवल सक्षम नेतृत्व चयन गर्ने मतदाताको अधिकारका बीच उमेद्वारका आ–आफ्नै दावी र तर्क छन् ।

संघको नेतृत्वका लागि बिर्तामोडका युवा व्यवसायी सुवास भट्टराई प्रगतिशील संयुक्त व्यवसायिक प्यानलबाट चुनावी मैदानमा छन् । नेकपा र राप्रपा निकटका व्यवसायीको समर्थनमा उनी नेतृत्वका लागि उठेका हुन् । अर्कातर्फ काङ्ग्रेस निकट व्यवसायीको समर्थनमा प्रकाश सिवाकोटी अध्यक्षका उमेद्वार छन् ।

वाणिज्य संघमा लामो समय बसेकाहरुबाट थप आशा र अपेक्षा गर्न नसकिने बुझाईका बीच नयाँ नेतृत्व अबको एक मात्र विकल्प हुने एकथरि मतदाताको बुझाई छ । अर्काेथरि मतदाता चाहिँ पुरानै अनुहारबाट नयाँपन खोजिनु पर्छ भन्नेमा छन् ।

‘मुलत बिर्तामोडका व्यवसायीको हित, संरक्षण र भरोसाका लागि नयाँ नेतृत्वको खाँचो हो । त्यसका लागि नयाँ अनुहार अबको विकल्प हुनसक्छ’, व्यवसायी विपिन श्रेष्ठले भने, ‘पुरानाहरु डेट एक्सपायर भइसके । अब उनीहरुबाट वाणिज्य संघ अघि बढ्दैन् ।’

साना व्यवसायी श्रेष्ठले दलीय आधारमा नभई आफूले विवेकका आधारमा सुवास भट्टराई नेतृत्वको प्यानललाई मतदान गर्ने बताए । ‘सुवास र उनको टीमका धेरै व्यवसायीले बिर्तामोडमा कुनै न कुनै रुपमा समाजमा देखिएर निरन्तर काम गरेका छन्’, श्रेष्ठ भन्छन्, ‘यसकारण पनि उनको नेतृत्वलाई मत दिनु पर्छ भन्ने मेरो मान्यता हो ।’

व्यवसायी श्रेष्ठको मान्यता सही भए पनि अध्यक्षका अर्का दावेदार प्रकाश सिवाकोटी अनुभवी भएकाले वाणिज्य संघ हाँक्न सजिलो हुने व्यवसायी जनार्दन चापागाईको तर्क छ । ‘सुवास अध्यक्षका लागि सिवाकोटी भन्दा सक्षम र योग्य उमेद्वार हुन् । तर, उनको अनुभव थोरै भयो’, चापागाईले तर्क गरे, ‘आजसम्म प्रकाशको पक्षमा छु । सात दिन बाँकी छ, मन हो फेरिन पनि सक्छ । फेरियो भने सुवासलाई मत दिउँला ।’

एकै ठाउँमा भेटिएका श्रेष्ठ र चापागाईको मान्यता भन्दा भिन्न मत राख्छन्, अर्का व्यवसायी कौशल उप्रेती । उनको बुझाईमा मतदाताले नयाँपन खोजे पनि मिश्रित रुपमा मतदान गर्छन् । ‘यसपटक पनि नयाँ र पुरानालाई मिलाएर वाणिज्य संघमा नेतृत्व स्थापित हुन्छ’, उनले भने, ‘जसरी पुराना अनुहारबाट देशको विकास अब सम्भव छैन त्यसरीले व्यवसायिक क्षेत्रमा पनि नयाँपन आउनु पर्छ । नेता सधैँ नयाँ खोज्ने हो ।’

साभार : bibechana.com

7 thoughts on “बिर्तामोडका व्यवसायी चुनावी दौडमा : मतदाता भन्छन्, ‘नयाँ अनुहार अबको विकल्प हुनसक्छ’”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to iwin Cancel reply

Your email address will not be published. Required fields are marked *