• Sat. Mar 14th, 2026

झिलझिलेमा ‘वाटर किङ्डम पार्क’

Bysaptahiksamachar

१ चैत्र २०७७, आईतवार १९:४२ १ चैत्र २०७७, आईतवार १९:४२ १ चैत्र २०७७, आईतवार १९:४२

झापाको झिलझिलेमा ‘वाटर किङ्डम पार्क’ सञ्चालनमा आएको छ । 

स्थानीय व्यबसायी राजकुमार संग्रौलाको लगानीमा पार्क सञ्चालनमा आएको हो ।

मनोरञ्जनका लागि आउने पर्यटकका लागि पार्कले टिकट खुल्ला गरेर सञ्चालनमा ल्याएको कार्यकारी निर्देशक संग्रौलाले बताए । 

पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने ८ प्रकारका खेल छन् । संग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड सञ्चालन शुरु भएको हो

बच्चाहरूका लागि किड्स जोन र सिक्स्पा पार्क वाटर किङ्डम पार्कका मुख्य आकर्षण हुन् । बुढापाकाका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । 

पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा छ । गुफा नदेखेकाहरुको यसले मन जितेको छ ।

पार्कभित्र भेज र ननभेजका फरक–फरक होटल सञ्चालनमा छन् । यस्तै, आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा सम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण भएको छ । 

‘एउटा भवनमा पार्टी प्यालेस सञ्चालन हुन्छ भने अर्को भवनमा आगन्तुक पाहुनाको आवास हुन्छ,’ सञ्चालक संग्रौलाले भने । 

पूर्व घुम्न आउने पर्यटकका लागि शिवसताक्षी नगरको ‘वाटर किङ्डम पार्क’ उत्कृष्ट गन्तव्य बन्नेमा संग्रौला आशावादी छन् ।

शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीयस्थलहरू सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा पार्कभित्रका वालहरूमा देख्न पाइन्छ । 

विभिन्न जातजातिका झाँकीहरू पनि पार्कभित्र आउने सर्वसाधारणले सहजै देख्न सक्नेछन् । 

४२ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको पार्कबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वका पर्यटकीयस्थल इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका स्थानहरुमा प्याकेजमा भ्रमण गराउने संग्रौलाले बताए । 

उनले भने, ‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पु¥याएर मनोरञ्जन दिलाइने छ ।’ यसका अलावा भारतका कालिङपोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाउँ पनि प्याकेजमा घुमाउने योजना पार्कले ल्याएको छ ।

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला बढ्दो छ । सञ्चालक संग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका जिल्लाबाट सर्वसाधारणहरू आउन थालेका छन् । 

उद्घाटन भइनसक्दै आन्तरिक पर्यटकको घुइँचो बढेको पार्क सञ्चालकले जनाएका छन् ।

साभार : blastkhabar

9 thoughts on “झिलझिलेमा ‘वाटर किङ्डम पार्क’”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to GO88 Cancel reply

Your email address will not be published. Required fields are marked *