• Fri. Oct 10th, 2025

झापाका चार चिया बगानमा मजदुर हड्ताल

BySaptahik Samachar

२२ श्रावण २०८२, बुधबार २१:४२ २२ श्रावण २०८२, बुधबार २१:४२ २२ श्रावण २०८२, बुधबार २१:४२

भद्रपुर २२, साउन / चिया मजदुरहरुले विभिन्न माग राख्दै झापा जिल्लाका चार वटा चिया बगान बन्द गराएका छन् । श्रम ऐनले व्यवस्था गरेअनुसार मजदुरको माग पूरा नभएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।
    श्रमिकले भद्रपुरको गौरीशंकर, रिद्धिगणेश, सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हड्ताल गरेका छन् । गौरीशंकर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि नै र नाज टी इस्टेटमा मंगलबारबाट मजदुरहरूले काम बन्द गरेका नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताउनुभयो । यो हडताल प्रक्रिया जिल्लाका अन्य बगानहरुमा पनि क्रमशः बढ्दै जाने उहाँको भनाइ र श्रम ऐन २०७४ को दफा ११६ ले सामुहिक मागदाबी राख्ने अधिकार श्रमिकलाई दिएको छ । सोही अनुसार वैशाख अन्तिममा विभिन्न विषय समेट्दै श्रमिकले बगान सञ्चालकसमक्ष माग राखेका थिए ।

‘श्रमिकले मागदाबी राखेको २१ दिनभित्रमा सम्बन्धित प्रतिष्ठानले वार्ता बोलाएर विषय टुंग्याउनुपर्छ । यदि माग सुनुवाइ नभए मागदाबी राख्ने पक्ष श्रम कार्यालय जाने अधिकार छ,’ राईले भन्नुभयो । ‘श्रम कार्यालयमा उजुरी परेको ३० दिनभित्र दुवै पक्ष राखेर कार्यालयले उक्त विषय टुंग्याउनुपर्छ । तर, त्यो पनि भएन ।’
उहाँका अनुसार, श्रम ऐन २०७४ ले मजदुरको स्थायी सम्बन्धि विषय समेटेको छैन । ‘श्रम ऐन २०४८ को दफा ४ मा २ सय ४० दिन पुगेपछि श्रमिकलाई स्थायी गर्नुपर्ने व्यवस्था थियो । अहिलेको ऐनमा त्यो व्यवस्था छैन । अहिले एक जना मजदुरले एक दिन मात्रै काम गर्यो भने उसले सेवा सुविधा पाउनुपर्छ भनेको छ,’ उहाँले भन्नुभयो, ‘स्थायी सम्बन्धी व्यवस्था हरायो ।’

96 thoughts on “झापाका चार चिया बगानमा मजदुर हड्ताल”
  1. Howdy! I could have sworn I’ve been to this site before but after reading through some of the post I realized it’s new to me. Anyhow, I’m definitely happy I found it and I’ll be bookmarking and checking back frequently!

Leave a Reply to Paris Volkman Cancel reply

Your email address will not be published. Required fields are marked *