• Sun. Dec 22nd, 2024

उर्लाबारी युवक मृत्यु प्रकरण : फरार दुई जना पक्राउ

Bysaptahiksamachar

२२ फाल्गुन २०७७, शनिबार १५:३९ २२ फाल्गुन २०७७, शनिबार १५:३९ २२ फाल्गुन २०७७, शनिबार १५:३९ ,

उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन् । उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष खड्काले रणपहेलीलाई शुक्रबार साँझ बुटबलबाट पक्राउ गरी विराटनगर ल्याइरहेको र पौडेललाई दमक प्रहरीले पक्राउ गरेको बताए ।

रणपहेलीलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने र पौडेलको लागूऔषधको मुद्दा टुंगिएपछि विराटनगर ल्याएर अदालतमा उपस्थित गराउने खड्काले बताए ।

उक्त घटनाका ६ जना प्रतिवादीमध्ये प्रहरीले ४ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । उर्लाबारी–६ का मेहरमान दर्जी, १९ वर्षीय सुदिप परियार, रमेश गिरी र कुमारमध्ये दर्जी र परियारलाई जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका लागि थुनामा मोरङ कारागार पठाइसकिको छ भने कुमार राईलाई ३ लाख धरौटीमा र गिरीलाई १ लाख धरौटीमा छाडेको छ ।

उक्त घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै परिवार विरोधमा उत्रेपछि प्रहरीले फागुन ११ गते ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो ।

पीडित परिवारले घटनाको छानबिनमा बेवास्ता गर्ने प्रहरी अधिकृतलाई कारबाही नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुखख प्रहरी निरीक्षक उद्धव पोखरेललाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै आएका हुन् ।

मृतककी बिहिनी सदिक्षा भन्ने दुर्गा बास्तोलाले उक्त घटनाको फाइलमा अर्कैको फोटो भेटाएपछि अनुसन्धानमा प्रहरीले सत्यतथ्य लुकाउन खोजेको आशंकामा आन्दोलनमा उत्रेकी हुन् । उनले आवाज उठाएपछि जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको थियो । राईले सोमबार बुझाएको प्रतिवेदनमा मिसिलमा फोटो परिवर्तन भएको पुष्टि गरेको छ । मिसिलमा राखिएको फोटोमध्ये एउटा फोटो अर्कै घटनाका व्यक्तिको फोटो समावेश हुन गएको र त्यसलाई मानवीय त्रुटीको रुपमा प्रतिवेदनमा औंल्याएको छ ।

जिल्ला प्रहरी मोरङले भने हालसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । पीडित परिवारले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । सदिक्षाले प्रहरीले हालसम्म प्रतिवेदन सार्वजनिक नगरेको र अहिले प्रतिवेदनमा उल्लेख भएका कुरा बाहिर आएको प्रति असन्तुष्टि जनाएकी छन् । फोटो मात्रै परिवर्तन नभइ घटनाको छानबिनमा गम्भीर लापरवाही भएको उनको आरोप छ ।

जिल्ला प्रहरी मोरङ प्रमुख प्रहरी उपरीक्षक खड्काले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने बताए । उनले प्रतिवेदनमा औंल्याएका कमी कमजोरीका आधारमा दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाए ।

ekantipur.com

One thought on “उर्लाबारी युवक मृत्यु प्रकरण : फरार दुई जना पक्राउ”
  1. Link pyramid, tier 1, tier 2, tier 3
    Primary – 500 references with inclusion contained in pieces on writing sites

    Secondary – 3000 link Redirected references

    Tier 3 – 20000 hyperlinks blend, remarks, entries

    Utilizing a link network is advantageous for web crawlers.

    Demand:

    One link to the platform.

    Search Terms.

    True when 1 search term from the page heading.

    Highlight the extra functionality!

    Essential! First-level hyperlinks do not coincide with 2nd and Tertiary-rank links

    A link structure is a mechanism for elevating the flow and link profile of a digital property or social media platform

Leave a Reply

Your email address will not be published. Required fields are marked *