सर्लाहीको ईश्वरपुरमा बाँके खोलाबाट अवैध ढङ्गले गिट्टी, बालुवा तस्करी गर्ने जेसिबी र टिपरलाई कारवाही गरिएको छ । रातको समयमा उत्खनन गरेर निकासी गर्ने तीन टिपर र दुई जेसिबीलाई दण्डजरिवाना गरेर छाडिएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जानकारी दिनुभयो ।
नेपाल प्रहरीले फागुन १७ गते नै पक्राउ गरेर नगरपालिकाको जिम्मा लगाएको जेसिबीलाई रु १५ हजारका दरले र टिपरलाई रु १० हजारका दरले दण्डजरिवाना गरेर छाडिएको हो । अवैध ढङ्गले उत्खनन गर्दा बनेको खाल्डो पुर्नका लागि यत्तिका दिनसम्म जेसिबी र टिपरलाई नियन्त्रणमा राखेर खाल्डो पुरेपछि मात्रै आगामी दिनमा यस्तो गतिविधि नदोहोराउने शर्तमा छाडिएको नगरप्रमुख देवकोटाले बताउनुभयो ।
सर्लाहीमा बाँकेसहित फुलजोर, कालिञ्जोर, लखनदेही र वाग्मती खोलामा मापदण्डविपरीत अत्यधिक दोहन भइरहेको छ । वातावरणीय मूल्याङ्कन प्रतिवेदन र नगरपालिकासँगको सम्झौता विपरीत विभिन्न ठेकेदार कम्पनीले उत्खनन गरिरहेका छन् । पूर्व–पश्चिम रेलमार्ग निर्माणको ठेक्का पाएको गजुरमुखी कन्स्ट्रक्सनले लखनदेही खोलामा छ वटा स्काइभेटर लगाएर दोहन गरिरहेको छ ।
त्यसैगरी फुलजोर खोलामा सुकन्या वशिष्ट कन्स्ट्रक्सनले वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरीत नदी दोहन गरी नजिकै रहेको क्रसर उद्योगलाई खोलाको गिटी, बालुवा दिने गरेको छ । स्थानीय सरकारले स्थानीयस्तरको विकास निर्माणमा लगाएको ठेक्काको बहानामा क्रसरलाई नदीजन्य पदार्थ दिनुले स्थानीय सरकार र ठेकेदारबीच नदी दोहनमा मिलेमतो रहेका आशङ्का गर्न सकिन्छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले नगरपालिकाले ठेक्का लगाउँदा वातावरणीय मूल्याङ्कन प्रतिवेदनअनुसार उत्खनन गर्न दिएको बताउनुभयो । उहाँले सम्झौता विपरीत नदी दोहन गरेको पाइएमा आवश्यक कारवाही गर्ने बताउनुभयो ।
यता गजुरमुखी कन्स्ट्रक्सनले उत्खनन गरेको स्थानमा पनि वातावरणीय मूल्याङ्कन प्रतिवेदनअनुसार उत्खनन नगरेको पाइएको भन्दै लालबन्दी नगरपालिकाले चेतावनीसमेत दिइसकेको भए पनि गजुरमुखीले अटेर गरी नदी दोहन गरिरहेको छ ।
पूर्व–पश्चिम रेलमार्गको नजिकैबाटै प्रष्ट देखिने गरी जथाभावी उत्खनन भइरहँदा समेत जिल्लाका सरोकारवाला निकाय मौन बसेका छन् । ठेक्का लगाइएका ठाउँमा समेत स्थानीय निकायले बेवास्ता गर्दा दुर्घटना निम्तिने गरी अत्यन्त ठूलाठूला खाल्डो पारेर गिट्टी, बालुवा निकाल्ने काम भइरहेको भन्दै बासिन्दाले गुनासो गरेका छन् । खोला उत्खननबारे नियमित अनुगमन हुन सकेको छैन । कहिलेकाहीँ हुने अनुगमन र कारवाही खासै प्रभाकारी नदेखिएको जनगुनासो छ ।
जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी नियमित अनुगमन गरिरहेको बताउनुहुन्छ । उहाँले पनि अनुगमन गर्दा वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरीत उत्खनन गरेको पाइएमा आवश्यक कारवाही गर्ने बताउनुभयो । सर्लाहीमा अहिलेसम्म वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरीत उत्खनन गरेको भनेर कुनै पनि ठेकेदार र ठेकेदार कम्पनीलाई कारवाही नगरेको पाइएको छ ।
खोला दोहनदेखि ठेक्कापट्टा कसलाई र कतिमा पार्ने भन्ने विषयमा जिल्लाका केही ठेकेदारको हातमा रहने गरेको देखिएको छ ।
साभार : purbanchaldaily
Porno keyfini Evooli ile daha iyi çıkartıp hazzı doruklarda yaşamaya hazırsan, hadi durma HD Porno Filmlerini ücretsiz izle.
sohbet net porn comics, 4k porn sohbet.net, chat porn sites sohbet, indian porn sohbet odalari, girls do porn http://www.sohbet.net
Online bahis dünyası sürekli olarak gelişmekte ve bahis severler için yeni fırsatlar sunmaktadır.
thx. for your kindly info.
thanks for amazing article.
thx. for your kindly info