• Sun. Dec 22nd, 2024

अबैध उत्खनन् रोक्न माग राख्दै केराबारी गाउँपालिका घेराउ

Bysaptahiksamachar

१६ फाल्गुन २०७७, आईतवार १३:३५ १६ फाल्गुन २०७७, आईतवार १३:३५ १६ फाल्गुन २०७७, आईतवार १३:३५

मोरङको केराबारी गाउँपालिकामा भित्र रहेको खोलाबाट अबैध उत्खनन् रोक्न माग राख्दै स्थानियले गाउँपालिका घेराउ गरेका छन । गाउँपालिकाकाे ८ नम्बर वडामा रहेकाे खदम खाेला भइरहकाे अबैध उत्खननले साेहि वडामा रहकाेआमजुङी का करिब ५०० घरपरिवारलाई जोखिम बनाएको भन्दै उनीहरुले अहिले गाउँपालिका घेराउ गरिरहेका छन् ।

गाउँपालिका कार्यालय घेराउ गर्न आएका स्थानियले  व्यवसायी भिम पाैडेल तथा गाउँपालिका अध्यक्ष राेहित बहादुर कार्की विरूद्ध नाराबाजी गरेका छन् ।  व्यवसायी भिम पाैडेलकाे क्रसरले मापदण्ड विपरित करिब ३० फिट गरहिराइ सम्म उत्खनन् गरिरहकाे र त्यसमा गाउँपालिका अध्यक्षकाे समेत संलग्नता हुनसक्ने उनिहरूकाे भनाइ रहेकाे छ । 

 गाउँपालिका कार्यलयमा सामान्य तोड्फोड भएकाे छ, भने सुरक्षाकालागी सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *