• Sat. Jul 27th, 2024

३ टन जुम्ली ‘मार्सी सिमी’ जापान निर्यात

Bysaptahiksamachar

१९ फाल्गुन २०७७, बुधबार १४:४९ १९ फाल्गुन २०७७, बुधबार १४:४९ १९ फाल्गुन २०७७, बुधबार १४:४९ ,

जुम्ला-विश्व बजारमा जुम्ली मार्सी र सिमीको माग बढेसँगै निर्यात पनि बढ्न थालेको छ । पहिलो पटक ६ लाख रुपैयाँ भन्दा बढीको जुम्लाको मार्सी चामल र सिमी जापान निर्यात भएको छ । जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले जुम्लाको ३ टन मार्सी र सिमी जापान निर्यात गरेका हुन् ।
व्यावसायिकरुपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुराउने लक्ष्यका साथ पहिलो पटक जापानमा ३ टन जुम्ली मार्सी र सिमी निर्यात भएको अर्गानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले बताए ।
उनका अनुसार जापानको राजधानी टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा १ टन मार्सी चामल तथा मासको दाल, २ टन सिमी र १० किलो स्याउको चाना गरी ३ टन अर्थात ३० क्वीन्टल कृषि वस्तु निर्यात गरिएको छ ।
पछिल्लो समय जुम्ली मार्सी र सिमीबारे नेपाली सञ्चार माध्यममा आएका समाचार पढेपछि जापानबाट एकाएक माग आएको उनको भनाइ छ । गत शुक्रबार नेपालबाट पठाइएको ३ टन मार्सी र सिमी आगामी ३५ दिन भित्र जापन पुग्ने छ । वीरगन्जको बन्दरगाह हुँदै पानी जहाजबाट जुम्ली मार्सी जापान पुग्ने छ ।
“विगतमा उपहार र कोसेलीको रुपमा जापानमा मार्सी सिमी गयो होला । तर, कर्णालीका कृषि वस्तुको व्यावसायिक रुपमा निर्यात भएको पहिलो पटक हो ।” शाहीले भने, “कर्णालीका किसानको जीवनस्तर उकास्ने संगै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल हुन्छौं ।”

क्यानडा निर्यातको अन्तिम तयारी
२० टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । १५ टन मार्सी, ४ टन सिमी, हरियो केराउ र कोदो गरेर १ टन क्यानडामा माग भएको शाहीले बताए । क्यानडास्थित लायम फुड कर्पोरेसनका डाक्टर पूर्ण कँडेलको समन्वयमा जुम्लाको मार्सी र सिमी निर्यात गर्न लागिएको छ ।
नेपालबाट क्यानडा पठाइने सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने राजले जानकारी दिए । क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको र केही दिनमै निर्यात गरिने बताइएको छ । क्यानडा पठाउनका लागि अहिले प्याकेजिङ भइरहेको छ । जापानमा सहजै सामान पठाएका शाहीलाई क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको छ । क्यानडामा नेपालबाटै प्याकिङ गरेर पठाइने हुँदा अप्ठ्यारो परेको उनले बताए ।
“जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ । हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्” उनले भने, “तर क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।”
काठमाडौंको नयाँ बानेश्वरमा रहेको जुम्ला घर अग्र्यानिक्समा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर पाइन्छ ।

साभार: कारोबार ,सागर परियार

116 thoughts on “३ टन जुम्ली ‘मार्सी सिमी’ जापान निर्यात”
  1. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

  2. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  3. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  4. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  5. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

Leave a Reply

Your email address will not be published. Required fields are marked *