• Sun. Jul 21st, 2024

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

Bysaptahiksamachar

२० फाल्गुन २०७७, बिहीबार १४:०६ २० फाल्गुन २०७७, बिहीबार १४:०६ २० फाल्गुन २०७७, बिहीबार १४:०६ ,

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको थियो । आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको प्रतितोला भाउ बिहीबार १२८५ रुपैयाँ तोकिएको छ।

साभार:onlinekhabar

3 thoughts on “सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो”
  1. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *