• Sat. Jul 27th, 2024

साना सहरमा सय र ठूला सहरमा पाँचसय कोरोना संक्रमित भए आवागमनमा कडाइ गरिने

Bysaptahiksamachar

२६ चैत्र २०७७, बिहीबार १२:३३ २६ चैत्र २०७७, बिहीबार १२:३३ २६ चैत्र २०७७, बिहीबार १२:३३

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण दर बढेपछि उच्च सतर्कता अपनाउन सरोकारवालाहरुलाई अनुरोध गरेको छ । 

मन्त्रालयले सार्वजनिक यातायात, मन्दिर, सिनेमा हल, सपिङ मललगायतका भीडभाड हुने स्थानमा, जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र मापदण्ड लागु भए नभएको निगरानी  गर्न स्थानीय तहहरुलाई सूचित गरेको छ । 

ठूला सहरहरुमा ५०० भन्दा बढी र साना सहरमा १०० भन्दा बढी संक्रमित देखिएमा ती स्थानमा अवागमन कडाइ गर्नसमेत  स्थानीय प्रशासनलाई मन्त्रालयले अनुरोध गरेको छ । 

रात्रिकालीन व्यवसाय ९ बजेपछि अनिवार्य बन्द गर्ने, विदेशबाट आएकालाई क्वारेन्टिन अनिवार्य गर्ने र र्यान्डम एन्टिजेन परीक्षण गराउन पनि मन्त्रालयले सम्बन्धित सबैमा सूचित गरेको छ । पछिल्लो समय विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढेकाले सतर्कता अपनाउन मन्त्रालयले शैक्षिक संस्थाहरुलाई सुझाएको छ । 

युके भेरियन्टको सम्भावना छ : इडीसीडी 

पछिल्लो समय संक्रमित भएकाहरुमा युके भेरियन्ट रहेको लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

संक्रमितहरुमध्ये धेरैको नमूनामा एस जीनको नेगेटिभको मात्रा धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताए । 

“युके भेरियन्टमा एस जिन नेगेटिभ देखिन्छ पछिल्लो समय नेपालमा यस्ता संक्रमितहरु देखिन थालेका छन् जसलाई युके भेरियन्टको लक्षणको रुपमा लिन सकिन्छ । त्यसैले पनि अति कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्नु गराउनु संक्रमण नियन्त्रणको उपाय हो,” डा. पौडेलले भने । 

साभार: baahrakhari.com

5 thoughts on “साना सहरमा सय र ठूला सहरमा पाँचसय कोरोना संक्रमित भए आवागमनमा कडाइ गरिने”
  1. I highly advise steer clear of this site. My own encounter with it was purely disappointment and doubts about fraudulent activities. Be extremely cautious, or alternatively, find a more reputable site to meet your needs.

  2. I highly advise steer clear of this site. My personal experience with it was only frustration and suspicion of scamming practices. Proceed with extreme caution, or alternatively, seek out a trustworthy site for your needs.

  3. I urge you to avoid this platform. My own encounter with it was only disappointment as well as suspicion of scamming practices. Proceed with extreme caution, or alternatively, seek out an honest platform to fulfill your requirements.

  4. I strongly recommend to avoid this site. My personal experience with it has been only disappointment and suspicion of deceptive behavior. Exercise extreme caution, or better yet, find an honest site for your needs.

Leave a Reply

Your email address will not be published. Required fields are marked *