• Sat. Jul 27th, 2024

सहकारीका सञ्चालक र व्यवस्थापकले सम्पत्ति विवरण बुझाउनुपर्ने

BySaptahik Samachar

२७ कार्तिक २०८०, सोमबार १७:०८ २७ कार्तिक २०८०, सोमबार १७:०८ २७ कार्तिक २०८०, सोमबार १७:०८

सहकारी विभागले सहकारीका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्य र व्यवस्थापकलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको सुझावका आधारमा विभागले मंसीर मसान्तभित्र सम्पत्ति विवरण बुझाउन भनेको हो ।
विभागले आफ्नो नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थालाई ४ बुँदे निर्देशन दिएको छ । जसमा सबै सहकारी संस्थालाई मंसीर मसान्तभित्र संस्थाको बचत दायित्व, लगानी तथा सम्पत्ति लगायतका वित्तीय विवरण समेटिएको श्वेत–पत्र जारी गर्न समेत भनिएको छ ।
त्यस्तै, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्थालाई आगामी चैत्र मसान्तभित्र माग अनुसारको सम्पूर्ण बचत रकम फिर्ता गर्ने गरी बचत फिर्ता कार्ययोजना मंसीर मसान्तभित्र पेश गर्न पनि विभागको निर्देशनमा उल्लेख छ ।
साथै, विभागले सहकारी संस्थाका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्य र व्यवस्थापकको सम्पत्ति विवरण संकलन गरी त्यसलाई पुष्टि गर्ने कागजात सहित मंसीर मसान्तभित्र विभागमा पेश गर्न निर्देहन दिएको छ ।

45 thoughts on “सहकारीका सञ्चालक र व्यवस्थापकले सम्पत्ति विवरण बुझाउनुपर्ने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *