• Sun. Mar 23rd, 2025

कसरी ब्युँतिन्छन् एमाले र माओवादी केन्द्र, ती पार्टी दर्ता छन् अर्कैका नाम

Bysaptahiksamachar

२३ फाल्गुन २०७७, आईतवार १५:१८ २३ फाल्गुन २०७७, आईतवार १५:१८ २३ फाल्गुन २०७७, आईतवार १५:१८

सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत: रूपमा एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश दिएको छ।

तर निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्रका नामका दुई पार्टी अर्कैका नाममा दर्ता भइसकेका छन्।

एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेकपा गठन भएको घोषणा गरेका थिए।

निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र खाली भएपछि मोरङकी पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गराएकी थिइन्। त्यसैगरी, पूर्वमाओवादी नेता गोपाल किराँतीले आफ्नो नाममा नेकपा (माओवादी केन्द्र) दर्ता गरेका थिए।

अहिले पनि निर्वाचन आयोगमा यी दुबै पार्टी तिवारी र किराँतीको नाममा दर्ता छन्। निर्वाचन आयोगमा दर्ता भएका  राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन्।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट जारी गरेको सर्वोच्चको वेवसाइटमा जनाइएको छ। रिट जारी गर्नु भनेको उनको माग अनुसार निर्णय सुनाउनु हो।

झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा आज सर्वोच्च अदालतमा निर्णय सुनाएको हो।

नेकपा आफ्नो पार्टीको नाम भएकोले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले दायर गरेको रिटमा न्यायाधीश वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अघिल्लो हप्ता बहस सकेपछि निर्णय सुनाउने दिन तोकेको थियो। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै पहिले आयोगमा निवेदन दिएका थिए।

आयोगले उनको निवेदनमाथि निर्णय गर्दा पनि नयाँ दलको नाम पनि कोष्टकमा नेकपा लेखेर मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिएका थिए।

नेकपा एमाले र  माओवादी केन्द्रले एक भएपछि राख्ने भनेर रोजेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएको थियो।

ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’  चिन्ह लिएर सहभागी भएको थियो।

नेपाल कम्युनिष्ट पार्टी २०४८ साल अघिदेखि नै आयोगमा दर्ता छ।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता गरेको थियो।

२०७३ स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टीले आवेदन दिएको थियो।

त्यतिबेला पनि आयोगले ३९ नम्बरमा नेपाल कम्युनिष्ट पार्टीको सूची प्रकाशित गरिदिएको थियो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १ (ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ।

setopati

47 thoughts on “कसरी ब्युँतिन्छन् एमाले र माओवादी केन्द्र, ती पार्टी दर्ता छन् अर्कैका नाम”
  1. Эта публикация погружает вас в мир увлекательных фактов и удивительных открытий. Мы расскажем о ключевых событиях, которые изменили ход истории, и приоткроем завесу над научными достижениями, которые вдохновили миллионы. Узнайте, чему может научить нас прошлое и как применить эти знания в будущем.
    Ознакомиться с деталями – https://kapelnica-ot-zapoya-krasnoyarsk55.ru/

  2. В этой статье вы найдете познавательную и занимательную информацию, которая поможет вам лучше понять мир вокруг. Мы собрали интересные данные, которые вдохновляют на размышления и побуждают к действиям. Открывайте новую информацию и получайте удовольствие от чтения!
    Узнать больше – https://kapelnica-ot-zapoya-krasnoyarsk55.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *