वीर अस्पतालले परियोजना विस्तारमा एक रुपैयाँ पनि खर्च गर्न नसकेपछि अर्थ मन्त्रालयले थाल्यो पहल
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको विस्तारित कार्यक्रमका लागि विभिन्न चरणमा गरी ५५ करोड रुपैयाँ विनियोजन भएको थियो । तर, कामै नगरी गत वर्ष ४० करोड र त्योभन्दा अघिल्लो वर्ष १५ करोड रुपैयाँ पैसा फ्रिज भएको छ । हाल महाबौद्धमा रहेको देशकै पुरानो वीर अस्पताललाई फराकिलो ठाउँमा विस्तार गरी अन्तर्राष्ट्रियस्तरको मेडिकल शिक्षा र स्वास्थ्य सेवा दिने उद्देश्यले भक्तपुरको दुवाकोटमा नयाँ परियोजनासहित वीर अस्पताल विस्तार गर्न लागिएको हो ।
कहिल्यै पनि बजेट अभाव नहुने आयोजनाभित्र यो (वीर अस्पताल विस्तार) कार्यक्रम पर्छ । यति हुँदा पनि काम भएको छैन । अब हामीलाई रिजल्ट चाहियो । जडीबुटी करिडोरबाट दुवाकोट पाँच किलोमिटर भएकाले एक वर्षभित्र सडकको काम सक्नेगरी थाल्नुहोस् ।
-विष्णु पौडेल, अर्थमन्त्री
७ साउन २०७३ को मन्त्रिपरिषद् बैठकले दुवाकोटमा पाँच सय ७० रोपनी १० आना ३ पैसा जग्गा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको विस्तारका लागि दिने निर्णय गरेको थियो । ८ फागुन ०७३ मा सो जग्गाको लालपुर्जासमेत वीर अस्पतालले पाइसकेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.डिएन शाहले बताए । १५ सय शøयाको अस्पताल, अन्तर्राष्ट्रियस्तरको पठनपाठन, स्वास्थ्यकर्मी आवास भवन, पुस्तकालयलगायत महŒवपूर्ण संरचना रहनेछन् । यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान भवन, विज्ञान भवन, आवास, नर्सिङ क्याम्पसलगायतका संरचना बनाउने तयारी गरिएको थियो ।
बजेट प्रशस्त, तर वीर अस्पतालका पदाधिकारीको उदासीनता
बजेट प्रशस्तै भए पनि वीर अस्पतालका पदाधिकारीले चासो नदिँदा सो काम अगाडि बढ्न नसकेको हो । १२, १४, १९ चैत ०७५ मा चिनियाँ टोलीको सहयोगमा वीर अस्पतालले जग्गाको अनुगमन गरेको थियो । तर, चिनियाँ टोलीले बिजुली, पानी, ढल निकास र ठूला गाडी आउन नसक्ने भएकाले परियोजना अगाडि बढ्न नसक्ने भन्दै लिखित जवाफ दिएपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन । माटो तथा भौतिक पूर्वाधार मात्र होइन, जनसंख्याका आधारमा पनि दुवाकोट पायक नहुने चिनियाँ प्राविधिक टोलीको निष्कर्ष थियो ।
स्वास्थ्य मन्त्रालयले परियोजनाको काम अगाडि बढाउन नसकेपछि अर्थ मन्त्रालयले यसको पहल थालेको छ । गत मंगलबार परियोजना निर्माणस्थल पुगेका सरकारी उच्च अधिकारीहरूले चाँडै काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चिनियाँ टोलीले नबनाए अन्य कम्पनी हायर गरेर भए पनि चाँडै काम थाल्ने उनीहरूको भनाइ थियो ।
चार वर्षमा भएको प्रगतिबारे जानकारी लिन अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, अर्थसचिव, उद्योगसचिव, खानेपानी मन्त्रालयका सचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, स्वास्थ्यसचिव परियोजनास्थल दुवाकोट पुगेका थिए ।
अर्थमन्त्री पौडेल भन्छन्– अब हामीलाई रिजल्ट चाहियो
अर्थमन्त्री पौडेलले वीर अस्पतालको विस्तारित कार्यक्रम हालसम्म पनि अगाडि नबढेकोप्रति आश्चर्य व्यक्त गरे । उनले अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), सडक, विद्युत्, खानेपानीको काम चाँडै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । तीन महिनाभित्र विद्युत् र एक वर्षभित्र सडकको काम सक्नुपर्ने उनको भनाइ थियो ।
‘कहिल्यै पनि बजेट अभाव नहुने आयोजनाभित्र यो कार्यक्रम पर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यति हुँदा पनि काम भएको छैन । अब हामीलाई रिजल्ट चाहियो । जडीबुटी करिडोरबाट दुवाकोट पाँच किलोमिटर भएकाले एक वर्षभित्र सडकको काम सक्नेगरी थाल्नुहोस् ।’ वीर अस्पतालको विस्तारित कार्यक्रम स्थानीय तहलाई जिम्मा दिइएको थियो । ‘अब परियोजनासँग सम्बन्धित सडक, खानेपानी, विद्युत्लगायत सबै काम केन्द्र सरकारले गर्नेछ,’ उनले भने ।
कार्यक्रममा सहभागी भएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यही आर्थिक वर्षभित्र विद्युत्को काम सक्ने प्रतिबद्धता जनाए । जडीबुटी दुवाकोट करिडोरको पाँच किलोमिटर सडकका लागि ६२ करोड रुपैयाँ छुट्याइएको छ । अर्थमन्त्री पौडेलले सडक विस्तारका क्रममा व्यक्तिका घरजग्गा परे मुआब्जा दिएर पनि काम अगाडि बढाउने बताए ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले वीर अस्पताल दुवाकोटमा बन्नु भक्तपुरवासीको गौरवको विषय भएको बताउँदै यसलाई छिटो निर्माण गरेर काम पूरा गर्न सबै लाग्नुपर्ने बताए । चाँगुनारायणका नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले विभिन्न मन्त्रालयका सचिव, सडक विभाग, विद्युत् प्राधिकरण, खानेपानी संस्थानलगायत उपस्थित प्रतिनिधिलाई अस्पताल निर्माण क्षेत्रको अवस्थाबारे जानकारी गराएका थिए ।

साभार : nayapatrikadaily.com

Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
利用强大的谷歌蜘蛛池技术,大幅提升网站收录效率与页面抓取频率。谷歌蜘蛛池
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining.