• Sat. Jul 27th, 2024

विदेश जानेको संख्या २१ प्रतिशतले बढ्यो

Bysaptahiksamachar

६ फाल्गुन २०७७, बिहीबार १४:२० ६ फाल्गुन २०७७, बिहीबार १४:२० ६ फाल्गुन २०७७, बिहीबार १४:२० ,

गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्विकृती लिनेको संख्या २१.२६ प्रतिशतले बढेको छ । कोरोना माहामारीको त्रास कम भएसंगै नँया , पुनः र वैधानिक गरि वैदेशिक रोजगारीका लागि श्रम स्विकृती लिनेको संख्या ३१ सयले बढेको हो । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुृसार पुस महिनाको तुलनामा माघ महिनामा नँया , पुनः र वैधानिक गरि वैदेशिक रोजगारीका लागि श्रम स्विकृती लिनेको संख्या ३ हजार १ सय ३४ ले बढेको छ । पुस महिनामा श्रम स्विकृती लिनेको संख्या जम्मा १४ हजार ७ सय ५३ जना रहेका छन् भने माघ महिनामा जम्मा १७ हजार ८ सय ८७ जनाले श्रम स्विकृती लिएका छन् । 

माघ महिनामा ६१ वटा देशका लागि १६ हजार ४ सय ३६ पुरुष र १ हजार ४ सय ५१ जना महिलाले श्रम स्विकृती लिएका छन् ।  जसमा मेनपावर कम्पनी बाट ७ हजार ७ सय ५२ जना , नँया दर्ता  ६ सय ८१, वैधानिक ५ सय ३३ ,पुनः दर्ता ८ हजार ९ सय २१ जना रोजगारीका लागी बाहिरीएको  तथ्याङ्कमा उल्लेख छ । 

कोरोना माहामारीका कारण गएको चैतदेखि असारसम्म बैदेशिक रोजगारीमा जाने क्रम ठप्प भएको थियो । साउदेखि पुनः  बैदेशिक रोजगारीमा जान शुरु गरे सँगै ३ हजार १ सय ५२ जना मात्र नेपाली रोजगारीका लागि गएका थिए । 
तथ्याङ्क अनुसार भदौमा १५ सय २५, असोजमा ८ हजार ९७ , कार्तिकमा १५ सय ८३, मंसिर ४ हजार ३ सय ७७ र पुसमा १४ हजार ७ सय ५३  जनाले श्रम स्विकृती लिएका छन् । 

साभार: आजको अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *