२९ माघ, काठमाडौं । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत देशभर २ सय वटा आयोजना कार्यान्वयन प्रक्रियामा जाने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार छनोट भएका आयोजनाको अन्तिम टुंगो लगाउँदै कार्यान्वयन गर्ने निर्णय गरेको हो । यो कार्यक्रम तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीले ल्याएको एक सय गन्तब्यको विकल्पमा यसअघिका पर्यटनमन्त्री योगेश भट्टराईले ल्याएको अवधारणा हो ।
जसमा केन्द्र र स्थानीय सरकार दुबैले लागत साझेदारीमा आयोजना कार्यान्वयन गर्ने भएका छन् । यसअघि पर्यटन मन्त्रालयले सो प्रयोजनका लागि स्थानीय तहहरुबाट आयोजनाको माग गरेको थियो ।
यसअघि एक सय कार्यक्रम सिधै केन्द्रबाट स्थानीय तहमा पठाइएको कार्यक्रम भएको र यसमा स्थानीय तहले अपनत्व नलिएको भन्दै पर्यटन मन्त्रालयले लागत साझेदारीमा कार्यक्रम कार्यान्वयन थालेको हो ।
कस्ता आयोजना भए छनोट ?
पर्यटन मन्त्रालयका अनुसार पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार निर्माण र संस्कृति संरक्षणका कार्यक्रमहरु छनोट भएका छन् । झापाको शिवसताक्षी नगरपालिकाले ७० लाख रुपैयाँ लागतमा दोमुखा चिल्ड्रेन पार्क तथा स्वीमिङ पुल बनाउने प्रस्ताव गरेको छ ।
ताप्लेजुङको मिल्के डाँडामा लालिगुराँस पार्क निर्माणको समेत योजना गरेको छ । मोरङको राजारानी तालको संरक्षण तथा सौन्दर्यीकरणमा बजेट परेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा समेत वाटर फनपार्क बनाउन बजेट परेको छ । सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा भूकम्प स्मारक भृकुटी शान्ती पार्क बनाइने भएको छ ।
दोलखाको सैलुङ गाउँपालिकामा मिनी ग्रेट वाल निर्माण गरिने भएको छ । काभ्रेको तीनधारे झरना संरक्षण गर्न रोशी गाउँपालिकालाई बजेट छुट्टयाइएको छ ।
गोरखाको सिरानचोक गाउँपालिकामा अमरसिंह पार्क निर्माण हुने छ । गुल्मीको रेसुंगा नगरपालिकामा गर्जुरा रेसुंगा पर्यटन पार्क निर्माणको आयोजना समेटिएको छ ।


iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
专业构建与管理谷歌站群网络,助力品牌实现全域流量的强势增长。谷歌站群
ラブドール 私たちのダッチワイフは、大きくて楽しい胸を持つ大きな素敵な女性にちなんで名付けられていますダッチワイフは、荒涼とした生活を本当に促進することができます賢明なダッチワイフをまだ追跡していませんか?
苹果签名,苹果超级签平台,ios超级签平台ios超级签苹果企业签,苹果超级签,稳定超级签名
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.
holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining.