• Sat. Jul 27th, 2024

रिहाइलगत्तै विप्लवलाई भेट्न पुगे धर्मेन्द्र बाँस्तोला

Bysaptahiksamachar

२१ फाल्गुन २०७७, शुक्रबार १३:४९ २१ फाल्गुन २०७७, शुक्रबार १३:४९ २१ फाल्गुन २०७७, शुक्रबार १३:४९ , ,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोला शुक्रबार काभ्रेबाट रिहा भएका छन् । रिहा भएलगत्तै उनी पार्टी महासचिव विप्लवलाई भेट्न पुगेका छन् ।

आज बिहान मात्रै विप्लव काठमाडौं आइपुगेका थिए । उनी सामाखुसीमा बसेका छन् । बाँस्तोला विप्लव समूहको पश्चिम कमान्ड तथा विदेश विभाग प्रमुख हुन् । दुई सातादेखि उनी धुलिखेलस्थित प्रहरी हिरासतमा थिए ।

सरकार र विप्लव समूहबीच हिजो तीनबुँदे सहमति भएको थियो । सहमतिपछि आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव काठमाडौंमा हुने एक कार्यक्रम एउटै मञ्चमा देखिँदै छन् ।

साभार:बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *