• Tue. Jan 20th, 2026

मोरङको पूर्वी नाकादेखि ट्रकमै खुलेआम चिनी तस्करी

Bysaptahiksamachar

२१ चैत्र २०७७, शनिबार १३:०५ २१ चैत्र २०७७, शनिबार १३:०५ २१ चैत्र २०७७, शनिबार १३:०५

खुल्ला सीमाको फाइदा उठाउँदै मोरङको पूर्वी नाकाहरूदेखि ट्रकमै खाद्यवस्तु भारतदेखि अवैध रूपमा तस्करी भएर आउने गरेको पाइएको छ । 

मोरङको रंगेली नगरपालिकाको धनापट्टी, रतुवाइ नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागन्ज र खैरबना नाकादेखि खाद्यवस्तु खुल्लेआम तस्करी हुने गरेको पाइएको हो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) रंगेलीको टोलीले शुक्रबार ठूलो परिमाणमा तस्करीको चिनीसहित ट्रक पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । बिओपी रंगेलीका सशस्त्र प्रहरीका इन्सिपेक्टर कमल अधिकारीको कमाण्डमा खटिएको टोलीले रंगेली ५ धनापट्टी टोलदेखि भारतदेखि तस्करी गरी ल्याएको चिनी र खाद्यवस्तु बरामद गरेको हो । 

को १ ख ४४०० नम्बरको मिनी ट्रकमा लोड गरी ल्याएको एक दर्जन बोरा चिनी, ६४ बोरा धान, २–२ बोरा चामल र गुहँ बिलबिजक नभएको सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ । 

तस्करीमा लागेका गिरोहले अवैध रूपमा भारतदेखि तस्करी गरी ल्याएको चिनी र खाद्यवस्तु धनापट्टीमा ल्याएर राखेका थिए । त्यसपछि मोरङको उत्तरी क्षेत्रको राजमार्ग साइटको बजारमा तस्करीको चिनी र खाद्यवस्तु लैजान लागेको अवस्थामा प्रहरीले उक्त सामान नियन्त्रणमा लिएको बुझिएको छ । तस्करीको चिनी बजार पठाउन गिरोहले निक्कै चलाखी गरेको पाइएको छ । 

‘ट्रकको माथिबाट धानको भुस राखेका थिए, त्यसको मुनी तस्करीको चिनी र खाद्यवस्तु राखेको भेटियो,’ घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने । सशस्त्र प्रहरीले बरामद गरेको चिनी, खाद्यवस्तु र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको छ ।

रंगेलीको चोपडा नाकादेखि यसअघि पनि सशस्त्र प्रहरीले एक ट्याक्टर भारततर्फ तस्करी हुन लागेको हरियो मटर बरामद गरेको थियो । प्रहरीले बरामद गरेको मटर चोपडाका व्यापारी राजेश साहको रहेको थियो । साहको सीमा नाका काटा रहेको छ । 

रतुवामाइ नगरपालिकाको सिक्टी र धनपालथान गाउँपालिकाको मायागन्ज र खैरवनादेखि पनि अहिले लाखौंको सामान खुल्लेआम तस्करी हुने गरेको छ । यस नाकादेखि खाद्यबस्तु र धान तस्करी गरि ल्याउने गरेको बुझिएको छ । नेपालदेखि सो नाकादेखि चौपाया तस्करी भएर भारततीर जाने गरेको छ । नेपाल भारत सीमा नाका खैरवनामा जयप्रकास साह र शम्भू साहको काटा रहेको छ । 

मोरङको अन्तिम नाका रतुवामाइ नगरपालिको दक्षिणी सीमा क्षेत्र सिक्टीदेखि पनि कपडा, खाद्यवस्तु र चिनी खुल्लेआम तस्करी हुने गरेको छ । आमतोला बजारमा घर भएका क्यारिङ्ग गर्ने व्यापारीको समूहले सिक्टीदेखि राति र बिहानीको समयमा भारतदेखि तस्करी गरी खाद्यवस्तु, चिनी र कपडा ल्याउने गरेको स्थानीयको भनाइ छ । 

‘बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजेकोे समयमा तस्करीमा लागेका क्यारिङ्ग गर्नेले भरियालाई निश्चित रकम दिए एउटा मोटसाइकल र आटोमा  उनीहरूले तस्करीको सामान आमतोला बजारमा भण्डारण गरी राख्दछन्,’ एक जना स्थानीयले भने, ‘त्यसपछि दिउँसो बिल बनाएर मोरङको उत्तरी क्षेत्रको सहरमा रहेको व्यापारीको पसलमा पु¥याउने गरेका छन् ।’ 

मोरङको उत्तरी क्षेत्र उर्लाबारी, मधुमल्ला, पथरीदेखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यवस्तु निश्चित रकम लिएर क्यारिङ्ग गर्नेले पु¥याइदिने गरेका छन् । आमतोलामा रमेश गौतमलगायतका समूहले क्यारिङ्ग गर्दछन् । 

साभार : blastkhabar

23 thoughts on “मोरङको पूर्वी नाकादेखि ट्रकमै खुलेआम चिनी तस्करी”
  1. I am extremely impressed with your writing skills and also with the layout on your weblog. Is this a paid theme or did you modify it yourself? Either way keep up the nice quality writing, it’s rare to see a nice blog like this one nowadays..

  2. Aw, this was a very nice post. In concept I want to put in writing like this additionally – taking time and precise effort to make a very good article… but what can I say… I procrastinate alot and under no circumstances appear to get one thing done.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  4. I just could not leave your web site prior to suggesting that I actually loved the usual information a person supply for your visitors? Is gonna be back ceaselessly to inspect new posts

  5. Hey would you mind letting me know which web host you’re working with? I’ve loaded your blog in 3 different web browsers and I must say this blog loads a lot quicker then most. Can you suggest a good web hosting provider at a honest price? Many thanks, I appreciate it!

  6. Pretty nice post. I just stumbled upon your weblog and wanted to say that I’ve truly enjoyed surfing around your blog posts. In any case I will be subscribing to your rss feed and I hope you write again very soon!

Leave a Reply

Your email address will not be published. Required fields are marked *