• Fri. Oct 25th, 2024

मोरङको पूर्वी नाकादेखि ट्रकमै खुलेआम चिनी तस्करी

Bysaptahiksamachar

२१ चैत्र २०७७, शनिबार १३:०५ २१ चैत्र २०७७, शनिबार १३:०५ २१ चैत्र २०७७, शनिबार १३:०५

खुल्ला सीमाको फाइदा उठाउँदै मोरङको पूर्वी नाकाहरूदेखि ट्रकमै खाद्यवस्तु भारतदेखि अवैध रूपमा तस्करी भएर आउने गरेको पाइएको छ । 

मोरङको रंगेली नगरपालिकाको धनापट्टी, रतुवाइ नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागन्ज र खैरबना नाकादेखि खाद्यवस्तु खुल्लेआम तस्करी हुने गरेको पाइएको हो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) रंगेलीको टोलीले शुक्रबार ठूलो परिमाणमा तस्करीको चिनीसहित ट्रक पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । बिओपी रंगेलीका सशस्त्र प्रहरीका इन्सिपेक्टर कमल अधिकारीको कमाण्डमा खटिएको टोलीले रंगेली ५ धनापट्टी टोलदेखि भारतदेखि तस्करी गरी ल्याएको चिनी र खाद्यवस्तु बरामद गरेको हो । 

को १ ख ४४०० नम्बरको मिनी ट्रकमा लोड गरी ल्याएको एक दर्जन बोरा चिनी, ६४ बोरा धान, २–२ बोरा चामल र गुहँ बिलबिजक नभएको सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ । 

तस्करीमा लागेका गिरोहले अवैध रूपमा भारतदेखि तस्करी गरी ल्याएको चिनी र खाद्यवस्तु धनापट्टीमा ल्याएर राखेका थिए । त्यसपछि मोरङको उत्तरी क्षेत्रको राजमार्ग साइटको बजारमा तस्करीको चिनी र खाद्यवस्तु लैजान लागेको अवस्थामा प्रहरीले उक्त सामान नियन्त्रणमा लिएको बुझिएको छ । तस्करीको चिनी बजार पठाउन गिरोहले निक्कै चलाखी गरेको पाइएको छ । 

‘ट्रकको माथिबाट धानको भुस राखेका थिए, त्यसको मुनी तस्करीको चिनी र खाद्यवस्तु राखेको भेटियो,’ घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने । सशस्त्र प्रहरीले बरामद गरेको चिनी, खाद्यवस्तु र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको छ ।

रंगेलीको चोपडा नाकादेखि यसअघि पनि सशस्त्र प्रहरीले एक ट्याक्टर भारततर्फ तस्करी हुन लागेको हरियो मटर बरामद गरेको थियो । प्रहरीले बरामद गरेको मटर चोपडाका व्यापारी राजेश साहको रहेको थियो । साहको सीमा नाका काटा रहेको छ । 

रतुवामाइ नगरपालिकाको सिक्टी र धनपालथान गाउँपालिकाको मायागन्ज र खैरवनादेखि पनि अहिले लाखौंको सामान खुल्लेआम तस्करी हुने गरेको छ । यस नाकादेखि खाद्यबस्तु र धान तस्करी गरि ल्याउने गरेको बुझिएको छ । नेपालदेखि सो नाकादेखि चौपाया तस्करी भएर भारततीर जाने गरेको छ । नेपाल भारत सीमा नाका खैरवनामा जयप्रकास साह र शम्भू साहको काटा रहेको छ । 

मोरङको अन्तिम नाका रतुवामाइ नगरपालिको दक्षिणी सीमा क्षेत्र सिक्टीदेखि पनि कपडा, खाद्यवस्तु र चिनी खुल्लेआम तस्करी हुने गरेको छ । आमतोला बजारमा घर भएका क्यारिङ्ग गर्ने व्यापारीको समूहले सिक्टीदेखि राति र बिहानीको समयमा भारतदेखि तस्करी गरी खाद्यवस्तु, चिनी र कपडा ल्याउने गरेको स्थानीयको भनाइ छ । 

‘बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजेकोे समयमा तस्करीमा लागेका क्यारिङ्ग गर्नेले भरियालाई निश्चित रकम दिए एउटा मोटसाइकल र आटोमा  उनीहरूले तस्करीको सामान आमतोला बजारमा भण्डारण गरी राख्दछन्,’ एक जना स्थानीयले भने, ‘त्यसपछि दिउँसो बिल बनाएर मोरङको उत्तरी क्षेत्रको सहरमा रहेको व्यापारीको पसलमा पु¥याउने गरेका छन् ।’ 

मोरङको उत्तरी क्षेत्र उर्लाबारी, मधुमल्ला, पथरीदेखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यवस्तु निश्चित रकम लिएर क्यारिङ्ग गर्नेले पु¥याइदिने गरेका छन् । आमतोलामा रमेश गौतमलगायतका समूहले क्यारिङ्ग गर्दछन् । 

साभार : blastkhabar

2 thoughts on “मोरङको पूर्वी नाकादेखि ट्रकमै खुलेआम चिनी तस्करी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।