• Sat. Jul 27th, 2024

प्रदेश नं २ प्रमुखमा झा नियुक्त

Bysaptahiksamachar

७ फाल्गुन २०७७, शुक्रबार १८:४२ ७ फाल्गुन २०७७, शुक्रबार १८:४२ ७ फाल्गुन २०७७, शुक्रबार १८:४२

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उहाँलाई आज प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

यसअघि राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।

One thought on “प्रदेश नं २ प्रमुखमा झा नियुक्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *