• Sat. Jul 27th, 2024

पोर्टोसँग युभे पराजित, डर्टमन्डका लागि हालन्ड नायक

Bysaptahiksamachar

६ फाल्गुन २०७७, बिहीबार १४:०७ ६ फाल्गुन २०७७, बिहीबार १४:०७ ६ फाल्गुन २०७७, बिहीबार १४:०७

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तरगतको पहिलो लेगमा इटालियन महारथी युभेन्टस पोर्टोसँग पराजित भएको छ । बुधबार राति सम्पन्न खेलमा युभे १–२ गोल अन्तरले पराजित भएको हो ।

खेलको ६३ औँ सेकेन्डमा नै मेहदी टारेमीले गोल गर्दै पोर्टोलाई अग्रता दिलाए । दोस्रो हाफको शुरु भएको १९ सेकेन्डमा नै माउसा मारेगाले पोर्टोको अग्रता दोब्बर बनाए ।

खेलका ८२ औँ मिनेटमा फेडेरियो किएसाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काउने प्रयास गरे । च्याम्पिन्स लिगमा पोर्टोले ९ घण्टाको खेलपछि पहिलोपटक गोल खाएको थियो । अब दोस्रो लेग माच ९ मा युभेन्टसको घरेलु मैदानमा खेलिनेछ ।

ता, अर्लिङ ब्राउट हालन्डले च्याम्पियन्स लिगमा आफ्नो गोल वर्षा जारी राखेपछि बोरुसिया डर्टमन्डले सेभियालाई उसैको घरेलु मैदानमा ३–२ गोलले हराएको छ ।

यद्यपि, सुसोको गोलमा डर्टमन्ड खेलको शुरुवातमा नै पछि परेको थियो । त्यसपछि भने डर्टमन्डले गोलको वर्षा गर्यो । महमुद दाहुदले बराबरी गोल फर्काए भने हालन्डले १३ खेलमा १७ औँ गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा उनले दोस्रो गोल थपे ।

दोस्रो हाफको अन्त्यमा लुक डि योङले गोल गर्दै सेभियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि कुनै गोल हुन सकेन ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *