• Sat. Jul 27th, 2024

दलितको स्वास्थ्य वीमा नगरपालिकाले गरिदिने

BySaptahik Samachar

११ भाद्र २०७८, शुक्रबार ०८:४२ ११ भाद्र २०७८, शुक्रबार ०८:४२ ११ भाद्र २०७८, शुक्रबार ०८:४२

साप्ताहिक समाचारदाता——-

भद्रपुर ११ ,भदौ /नगरपालिका क्षेत्र भित्र रहेका दलित समुदायका परिवारको स्वास्थ्य वीमा भद्रपुर नगरपालिकाले नै गरिदिने भएको छ। भद्रपुर नगर पालिकाले दलित समुदायको उत्थानका लागि छुट्याएको बजेटबाट स्वास्थ्य वीमा गर्ने गरी प्रक्रिया अघि बढाएको हो। यसका लागि भद्रपुर नगरपालिकामा गठित दलित समन्वय समितिको वैठकले निर्णय गर्दै नगरपालिकालाई अनुरोध गरे पछि प्रक्रिया अघि बढेको छ।

भद्रपुर नगरपालिकामा गठन भएको दलित समन्वय समितिका अध्यक्ष मोहनकुमार धमलाले भन्नुभयो – “दलित वर्गको विकासका लागि छुट्याएको बजेटबाट स्वास्थ्य वीमा गर्न नगर पालिकासंग समन्वय भएको छ।” समन्वय समितिको बैठकले नगर पालिकाको सामाजिक विकास कार्यक्रम अन्तर्गत दलित वर्ग विकासका लागि छुट्याएको बजेटबाट स्वास्थ्य वीमामा २ लाख ४५ हजार खर्च गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।                भद्रपुर नगरपालिकाले दलित वर्ग उत्थान र विकासका लागि ४ लाख रूपैयाँ विनियोजन गरेको छ। विनियोजित ४ लाख रूपैयाँ मध्ये वाँकी रकम दलित उत्थानकै लागि व्यवसायिक सीप विकास तालिममा खर्च गर्ने तयारी छ।
समन्वय समितिका अध्यक्ष मोहनकुमार धमलाको अध्यक्षतामा विहीबार वैठक बसेको थियो। बैठकमा नगर प्रमुख जीवनकुमार श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो ।

12 thoughts on “दलितको स्वास्थ्य वीमा नगरपालिकाले गरिदिने”
  1. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

  2. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

  3. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *