• Sat. Jul 27th, 2024

तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई चैत १५ देखि कारवाही गरिने

Bysaptahiksamachar

४ चैत्र २०७७, बुधबार १८:५२ ४ चैत्र २०७७, बुधबार १८:५२ ४ चैत्र २०७७, बुधबार १८:५२

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको छ।

सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आइएकोले विभागले जनाएको छ।

चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने विभागको भनाइ छ।

साभार : setopati

2 thoughts on “तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई चैत १५ देखि कारवाही गरिने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *