• Fri. May 16th, 2025

‘तस्करी नरोकिए बर्डफ्लु फैलिन सक्छ’

Bysaptahiksamachar

७ चैत्र २०७७, शनिबार १४:२३ ७ चैत्र २०७७, शनिबार १४:२३ ७ चैत्र २०७७, शनिबार १४:२३

भारतबाट भइरहेको बोइलर कुखुरा तस्करी नरोकिए बर्डफ्लु देशैभर फैलिन सक्ने भन्दै प्राविधिकहरूले सचेत गराएका छन् ।

खुला सीमा नाकाका कारण प्रतिबन्धित बोइलर कुखुरा तस्करी हुँदा बर्डफ्लु फैलिन सक्ने सम्भावना बढेको उनीहरूले बताए । भारतीय बजारबाट सुनसरीसहितका जिल्लाका विभिन्न सीमा नाका हुँदै दैनिक रूपमा प्रतिबन्धित बोइलर कुखुरा नेपाल भित्रिने गरेको प्राविधिकले बताए ।

विभिन्न सीमावर्ती क्षेत्र हुँदै तस्करी गरेर भारतबाट अवैधरूपमा तस्करहरूले भिœयाउने प्रतिबन्धित बोइलर कुखुराले बर्डफ्लुको जोखिम  बढाएको कुखुरा व्यवसायी तथा प्राविधिक राजकुमार यादव बताउँछन् ।

नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यहरूमा बर्डफ्लु देखिएपछि पशुजन्य वस्तुको आयात रोक्न सीमामा थप कडाइ गरेको प्रहरीले बताइरहेका बेला बोइलर कुखुरा भित्रिने क्रम अझै नरोकिएको उनको भनाइ छ । भारतमा सस्तोमा पाइने भएकोले सीमावर्ती क्षेत्रबाट बोइलर कुखुरा नेपाल भिœयाउन तस्करहरू सक्रिय रहँदै आएका छन् ।

नेपालमा २ सय ४० देखि ३ सय केजीसम्ममा पाइने कुखुराको मासु भारतमा १ सय ४० देखि १ सय ६० रुपैयाँ प्रतिकेजी नेपाली रुपैयाँमा पाउने गरेको छ । सीमावर्ती क्षेत्रबाट तस्करी गराएर ल्याउने बोइलर कुखुरा स्टक गरेर आफ्नो फर्मबाट बिल काटेर केही व्यवसायीहरूले सुनसरीका विभिन्न स्थानसम्म पठाउने गरेको जानकारहरू बताउँछन् । 

तस्करी नियन्त्रण गर्न कार्यदल 

भारतबाट तस्करी भइरहेको प्रतिबन्धित बोइलर कुखुरा तस्करी नियन्त्रण गर्न कार्यदल गठन गरिएको छ । तस्करीलाई निरुत्साहित गर्ने मुख्य उद्देश्यले पशु क्वारेण्टाइन कार्यालय भण्टाबारीका पशु अधिकृत सरिलाल चौधरीको संयोजकत्वमा नौ सदस्यीय अवैध पैठारी नियन्त्रण कार्यदल गठन भएको हो ।

कार्यदलमा सुरक्षाकर्मी, जनप्रतिनिधि र सञ्चारकर्मीसमेतलाई राखिएको छ । भारतमा बर्डफ्लु पुष्टि भएपछि पछिल्लो समय सीमामा प्रहरीका साथै सम्बन्धित निकायले चासो देखाएको छ । पशु क्वारेण्टाइन कार्यालयका साथै सीमामा तैनाथ सुरक्षाकर्मीले निगरानी बढाएसँगै सुनसरीको विभिन्न स्थानबाट धमाधम प्रतिबन्धित भारतीय कुखुरा बरामद हुन थालेको पाइन्छ ।

सुनसरीका ग्रामीणभेग हुँदै सुरक्षाकर्मीलाई छल्दै श्रीपुर, लौकही, भण्टाबारी,   साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट साइकल, मोटरसाइकल र म्याजिक भ्यानमा भारतीय बोइलर कुखुरा भिœयाउने गरिएको स्थानीय बताउँछन् ।

बर्डफ्लु भित्रिने जोखिम बढेको बताउँदै पशु अधिकृत सरिलाल चौधरीले गठित कार्यदलले स्थानीयबासी, जनप्रतिनिधिसँग सहकार्य गर्दै तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई सहयोग गर्ने बताए । सीमावर्ती क्षेत्रबाट नियमितरूपमा बोइलर कुखुरा अवैध रूपमा भित्रिन थालेपछि आफूहरूको व्यापार दयनीय अवस्थामा रहेको अर्का कुखुरा व्यवसायी दिलिप साह बताउँछन् ।

खुला सीमा नाकाका कारण सुनसरीको विभिन्न नाका हुँदै भारतबाट सीमामा तैनाथ सुरक्षाकर्मीकै मिलेमतोमा प्रतिबन्धित भारतीय कुखुरा भित्रिने गरेको स्थानीयको आरोप छ । यद्यपि प्रहरीले खुला सीमा नाका भएकोले कुखुरा भित्रिए पनि आफूहरूको मिलेमतो नभएको दाबी गर्दै आएका छन् ।

भारतमा बर्डफ्लु देखिएपछि नेपालमा प्रतिबन्धित बोइलर कुखुरा वा पशुजन्य वस्तु रोक्न थप कडाइ गर्दै चोरबाटोबाट ल्याइने कुखुरा नियन्त्रणमा लिई नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाको भनाइ छ ।

भारतमा बर्डफ्लु देखिएको हुँदा नेपालमा भित्रिन न दिन सीमामा सतर्कता अपनाएको पशु क्वारेण्टाइन कार्यालय विराटनगरका प्रमुख कमल गिरीले जानकारी दिए । नेपालमा उत्पादित चल्लाभन्दा भारतमा सस्तो पर्ने भएकोले लुकाइछिपाइ बोइलर कुखुराको तस्करी हुँदा बर्डफ्लु सर्ने जोखिम बढेकाले सतर्कता आवश्यक भएको उनको भनाइ छ । 

साभार : blastkhabar

3 thoughts on “‘तस्करी नरोकिए बर्डफ्लु फैलिन सक्छ’”
  1. Equilibrado
    Equipos de ajuste: importante para el operación suave y efectivo de las maquinarias.

    En el campo de la ciencia actual, donde la eficiencia y la estabilidad del sistema son de alta significancia, los sistemas de calibración juegan un tarea vital. Estos aparatos adaptados están diseñados para ajustar y asegurar elementos giratorias, ya sea en dispositivos manufacturera, vehículos de transporte o incluso en electrodomésticos hogareños.

    Para los expertos en soporte de sistemas y los profesionales, trabajar con aparatos de equilibrado es fundamental para proteger el operación estable y estable de cualquier aparato dinámico. Gracias a estas opciones avanzadas avanzadas, es posible limitar significativamente las oscilaciones, el estruendo y la esfuerzo sobre los rodamientos, aumentando la tiempo de servicio de partes valiosos.

    Asimismo significativo es el papel que tienen los aparatos de ajuste en la soporte al comprador. El asistencia profesional y el conservación regular usando estos aparatos posibilitan brindar servicios de excelente estándar, mejorando la contento de los consumidores.

    Para los propietarios de proyectos, la financiamiento en estaciones de ajuste y sensores puede ser importante para mejorar la rendimiento y rendimiento de sus aparatos. Esto es especialmente relevante para los empresarios que administran pequeñas y intermedias organizaciones, donde cada punto vale.

    Asimismo, los sistemas de calibración tienen una gran uso en el sector de la prevención y el supervisión de nivel. Facilitan localizar potenciales errores, impidiendo mantenimientos caras y perjuicios a los dispositivos. También, los datos extraídos de estos sistemas pueden utilizarse para maximizar procesos y mejorar la exposición en buscadores de búsqueda.

    Las campos de aplicación de los equipos de calibración abarcan variadas ramas, desde la elaboración de transporte personal hasta el seguimiento ecológico. No influye si se habla de extensas fabricaciones de fábrica o pequeños establecimientos hogareños, los aparatos de ajuste son esenciales para proteger un desempeño efectivo y libre de detenciones.

Leave a Reply

Your email address will not be published. Required fields are marked *