• Sun. Oct 27th, 2024

कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

Bysaptahiksamachar

३ चैत्र २०७७, मंगलवार १४:३८ ३ चैत्र २०७७, मंगलवार १४:३८ ३ चैत्र २०७७, मंगलवार १४:३८

लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । साथै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि ७६७ खेल खेलेलका हुन् । सन् २००४ मा डेब्यु गरेका मेस्सीले ला लिगामा ५१० खेल खेलेका छन् ।

मेस्सीले खेलको १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै अग्रता दोब्बर पारे । हुएस्काका राफा मिरले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो । ओस्कार मिगुएजाले मेस्सीको पासमा ५३औं मिनेटमा गोल गरे । मेस्सीले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ४-१ को सहज जित हात पारेको हो ।

जितपछि २७ खेलबाट ५९ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ भने लिग लिडर एट्लेटिकोलाई पछ्याइरहेको छ । एट्लेटिकोको समान खेलबाट ६३ अंक छ ।

यस्तै २७ खेल खेलेको रियल ५७ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।