• Sat. Jul 27th, 2024

एस्ट्रेजेनेका वा फाइजरको एउटै डोजले पनि सशक्त एन्टिबडी उत्पादन गर्छ : अध्ययन

Bysaptahiksamachar

३ बैशाख २०७८, शुक्रबार १३:१२ ३ बैशाख २०७८, शुक्रबार १३:१२ ३ बैशाख २०७८, शुक्रबार १३:१२

वैज्ञानिकहरुका अनुसार एस्ट्रेजेनेका खोप लगाएपछि टी–सेलको विकास बढी

बेलायत — अक्सफोर्ड/एस्ट्रेजेनेका वा फाइजर/बायोएनटेक खोपको एक डोजले नै ८० वर्षभन्दा माथिका व्यक्तिमा कोरोनाभाइरसविरुद्ध ठूलो मात्रामा सुरक्षात्मक एन्टिबडी प्रतिक्रिया विकसित गर्ने अनुसन्धानदाताहरुले दाबी गरेका छन् ।

दुई खोपबीचको तुलनात्मक क्षमता थाहा पाउनका लागि गरिएको पहिलो अध्ययनले फाइजरको खोप लगाएका ९३ प्रतिशतमा कोरोनाभाइरसको स्पाइक प्रोटिनविरुद्ध एन्टिबडी पाँचदेखि छ हप्तामा विकसित भएको देखिएको छ । यस्तै एस्ट्रेजेनेका खोपको एकमात्रै डोज लगाएका ८७ प्रतिशतमा पनि एन्टिबडी विकसित भएको देखिएको छ । यूके कोरोनाभाइरस इम्युनोलोजी कन्सोर्टियममा आवद्ध विभिन्न २० वटा केन्द्रका अध्येताहरुका अनुसार भने खोप लगाएपछि कोषले देखाउने प्रतिक्रिया भने दुईटामा फरक छ । भाइरसविरुद्ध लड्नका लागि शरिरले उत्पादन गर्ने टी–सेलको प्रतिशत खोप अनुसार फरक छ ।

अध्ययनका अनुसार एस्ट्रेजेनेका खोप लगाएका ३१ प्रतिशतमा कोरोनाभाइसको स्पाइक प्रोटिनविरुद्ध टी–सेल उत्पादन भएको देखिएको छ भने फाइजरको खोप लगाउने १२ प्रतिशतमा मात्रै त्यस्तो प्रतिक्रिया देखिएको छ । तसर्थ एस्ट्रेजेनेका खोप लगाएकाहरुमा कोषको प्रतिक्रिया शक्तिशाली हुन्छ ।

उक्त अध्ययनले बेलायतले पहिलो खोप लगाएको १२ हप्ता पछि मात्रै अर्को खोप दिने गरी बनाएको नियम नै सुरक्षित रहेको देखाएको छ । जसअनुसार सबैभन्दा जोखिममा रहेको समूहका व्यक्तिमा दोस्रो डोज लगाउनु पूर्व नै सशक्त रुपमा एन्टिबडी उत्पादन हुन्छ । अध्येताहरुका अनुसार कोषको प्रतिक्रियामा देखिएको भिन्नताका बारे थप अध्ययन हुन भने अझै जरुरी छ ।

‘कोभिड–१९ विरुद्धको खोपले देखाउने रोगप्रतिरोधी प्रतिक्रिया उमेर, दुईटा खोप लगाउन समय र खोपको प्रकार अनुसार कस्तो हुन्छ भनेर अध्ययन गर्नुपर्ने हुन्छ,’ युनिभर्सिटि अफ बर्मिङहमका रक्तरोगका प्राध्यापक तथा कन्सोर्टियमका मुख्य अनुसन्धानदाता पाउल मसले भने, ‘हामीले थाह पाएसम्म दुइटा खोप लगाएपछि उत्पादन हुने टी–सेल प्रतिक्रिया बारे गरिएको यो पहिलो अध्ययन हो । बेलायत लगायत विभिन्न देशहरुले दोस्रो खोप लगाउन ढिलाइ गरिरहेको सन्दर्भमा यो थाह पाउनु महत्वपूर्ण हुन्छ ।’

ल्यान्सेटले प्री–प्रिन्टका रुपमा प्रकाशित गरेको उक्त अध्ययनको विज्ञ समीक्षा भने गरेका छैनन् । अनुसन्धानदाताहरुले फाइजर खोप लगाएका ८०–९९ वर्षका ७६ जना व्यक्ति तथा एस्ट्रेजेनेका खोप लगाएका ८९ व्यक्तिको रगतको नमुना अध्ययन गरेका थिए ।

अध्ययनका प्रथम लेखक तथा युनिभर्सिटि अफ बर्मिङहमका उप–प्राध्यापक डा. हेलेन प्यारीका अनुसार विभिन्न खोप लगाउँदा देखिने रोग प्रतिरोधी प्रतिक्रियाको अध्ययन गर्नु निकै महत्वपूर्ण हुन्छ । उनका अनुसार पहिला कोरोना संक्रमण भइसकेका व्यक्तिमा खोप लगाएपछि रोग प्रतिरोधी प्रतिक्रिया निकै राम्रो हुने देखिएको छ ।

‘कोरोना संक्रमण भइसकेका व्यक्तिमा खोप लगाएपछि एन्टिबडी ७०० गुणाले र टी–सेल चार गुणाले बढी रहेको देखिएको छ,’ उनले भने, ‘पूर्व संक्रमणपछि खोप लगाउँदा प्रतिरोधी क्षमता धेरै नै बढ्छ । तर सबैले दोस्रो डोज पनि लगाउनु जरुरी छ ।

5 thoughts on “एस्ट्रेजेनेका वा फाइजरको एउटै डोजले पनि सशक्त एन्टिबडी उत्पादन गर्छ : अध्ययन”
  1. I highly advise stay away from this platform. My personal experience with it has been only frustration along with concerns regarding deceptive behavior. Proceed with extreme caution, or even better, look for a trustworthy site for your needs.

  2. I highly advise steer clear of this platform. The experience I had with it was nothing but disappointment and suspicion of deceptive behavior. Proceed with extreme caution, or alternatively, look for an honest platform to meet your needs.

  3. I highly advise to avoid this platform. My own encounter with it was nothing but disappointment as well as suspicion of deceptive behavior. Exercise extreme caution, or even better, find a trustworthy service to meet your needs.

  4. I highly advise steer clear of this site. My own encounter with it was only dismay as well as doubts about deceptive behavior. Proceed with extreme caution, or better yet, look for a trustworthy site for your needs.

Leave a Reply

Your email address will not be published. Required fields are marked *