• Sat. Mar 2nd, 2024

आचारसंहिताबारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले बोलायो

Bysaptahiksamachar

२ फाल्गुन २०७७, आईतवार २०:०८ २ फाल्गुन २०७७, आईतवार २०:०८ २ फाल्गुन २०७७, आईतवार २०:०८

निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग छलफल गर्ने भएको छ ।निर्वाचनसम्बन्धी आचारसंहिताबारे छलफल गर्न आज बिहान ११ बजे दलहरूलाई आयोगमा बोलाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरूलाई छलफलका लागि बोलाइएको हो । आयोगले निर्वाचनसम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको र उक्त मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।

गत ५ पुसमा सरकारले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि आयोगले तयारी थालेको छ । तर, राजनीतिक रूपमा विभाजित सत्तारूढ नेकपाको विवादमा भने आयोगले अझै निर्णय दिन सकेको छैन । 

उता सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको मागसहित परेको रिटमा सुनुवाइ जारी छ ।

साभार : nayapatrikadaily.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *