• Fri. Oct 25th, 2024

आई लिगमा किरण सम्मिलित पञ्जाव र मोहम्मेदनले खेले ३–३ को बराबरी

Bysaptahiksamachar

२६ फाल्गुन २०७७, बुधबार १७:५४ २६ फाल्गुन २०७७, बुधबार १७:५४ २६ फाल्गुन २०७७, बुधबार १७:५४ ,

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ सम्मिलित राउण्ड ग्लास पञ्जावले भारतीय लिगमा बराबरी गर्दै अंक बाँडेको छ।

बुधबार विवेकानन्द युवा भारती कृरंगन मैदानमा भएको खेलमा पञ्जाव र मोहम्मेदन दुवै टोलीले ३–३ को बराबरी गर्दै अंक बाँडे।

खेलको पहिलो हाफमा पञ्जावले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य भयो। पञ्जावका चेन्चो ग्याल्सेनले खेलको ३४औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४६औँ मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे। चेन्चो हिरो अफ दि म्याच बने। उनले लिगमा ६ गोल गरेका छन्।

खेलको पाँचौँ मिनेटमा फैसल अलीले गोल गर्दै खेलालाई २–१ को स्थितिमा ल्याए।

६४औँ मिनेटमा पेड्रो जेभिएर एमले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। त्यसको एक मिनेटमा नै अजहरुद्दिन मल्लिकले गोल गर्दै टोलीलाई ३–२ को अवस्थामा पुर्याए।

खेलको ८८औं मिनेटमा आशिष झा ले गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्याए।

त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसकेपछि दुबै टोलीले अंक बाँडेका हुन्। बराबरीसँगै पञ्जाव तेस्रो स्थानमा यथावत छ।

nepalkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।