• Tue. Apr 23rd, 2024

अग्रवालको स्मृतिमा सहयोग

BySaptahik Samachar

१० भाद्र २०७८, बिहीबार १८:४३ १० भाद्र २०७८, बिहीबार १८:४३ १० भाद्र २०७८, बिहीबार १८:४३

साप्ताहिक समाचारदाता

भद्रपुर १० भदौ /झापाका उद्योगी तथा समाजसेवी स्व. पर्शुराम अग्रवालको स्मृतिमा उहाँको परिवारले आज (विहीबार) मेची प्रादेशिक अस्पताल, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा र नेपाल स्काउट भद्रपुरलाई व्यक्तिगत सुरक्षा सामग्री पिपिई र मास्क प्रदान गरेको छ।
स्वर्गीय अग्रवालको स्मृतिमा उहाँका छोरी – ज्वाईं मनिषा /साकेत बगाडियाबाट प्राप्त उक्त सामग्री स्व. अग्रवालका भाई गोपाल अग्रवाल र छोरी निधी गोयल-अग्रवालले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंकप्रसाद बारकोटी, रेडक्रस भद्रपुर उपशाखाका सभापति गोपाल गिरी र नेपाल स्काउटका संयोजक विवेक चम्लागाईंलाई संक्षिप्त कार्यक्रमका वीच हस्तान्तरण गर्नुभएको हो।
उहाँहरूले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई १सय थान पिपिई सेट, रेडक्रस भद्रपुर उपशाखालाई २५थान पिपिई सेट र १५ सय मास्क तथा नेपाल स्काउटलाई ७५थान पिपिई सेट हस्तान्तरण गर्नुभएको जनाइएको छ।
व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा दातामहानुभावको तर्फबाट गोपाल अग्रवाल र निधी गोयल अग्रवाल तथा मेसु डाक्टर बाराकोटीले स्वर्गीय अग्रवालको व्यक्तिगत एवं सामाजिक जीवनको चर्चा गर्दै उहाँले पुर्‍याएको सामाजिक योगदानका बारेमा स्मरण गर्नुभएको थियो।  नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले सामग्री हस्तान्तरण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम समेत सञ्चालन गरेको रेडक्रस भद्रपुरका सचिव दीप लिम्बूले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *