भद्रपुर २०, माघ / झापाको भद्रपुर १० चन्द्रगढीको बीपी. चोकमा रहेको विभूति विद्या मन्दिरले विद्यालयको ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री तथा प्रशंसा पत्र वितरण गरेको छ । शनिवार र आइतवार २ दिनसम्म सञ्चालित कार्यक्रममा एकाडेमी र खेलकुद लगायतका विभिन्न कृयाकलापमा उत्कृष्ट हुने कक्षा नर्सरीदेखि कक्षा १० सम्मका उत्कृष्ट ७ सय बढी छात्रछात्रालाई सम्मान सहित पुरस्कृत गरिएको थियो।
विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द लम्सालले विद्यालयका विविध गतिविधि माथि प्रकाश पारेको कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले गर्नु भएको थियो ।
घनश्याम लम्सालको अध्यक्षता तथा विद्यालयका भाइस प्रिन्सिपल राजेश निराैलाको संचालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख पवित्र ढकाल,प्याब्सन भद्रपुरका अध्यक्ष भक्तबहादुर कार्की,वार्ड न ८ र १० का वार्ड अध्यक्ष द्वय गाैरव सुब्बा , टेक बहादुर खड्का काजी , राधा रिमाल अधिकारी लगायतले मन्तव्य राख्नु भ॓एको थियो । शिक्षक जगदीश काफ्लेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विद्यार्थीहरूबाट गीत तथा नृत्य सहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेर अभिभावकहरूलाई मनोरन्जन प्रदान गराइएको थियो ।