• Sun. Apr 19th, 2026

एकै डोज लगाए हुने जोन्सनको कोरोना भ्याक्सिनलाई अमेरिकाले दियो अनुमति

Bysaptahiksamachar

१६ फाल्गुन २०७७, आईतवार १३:४८ १६ फाल्गुन २०७७, आईतवार १३:४८ १६ फाल्गुन २०७७, आईतवार १३:४८

संयुक्त राज्य अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो।

जोन्सनको खोप एक डोजमात्र लगाए पुग्छ। यसअघि अनुमति पाएका खोपहरू दुई डोज लगाउनु पर्ने थिए।

जोन्सनले  विश्वभरि ४४ हजार मानिसमा खोपको परीक्षण गरेको थियो। त्यसबाट खोप  ६६ प्रतिशत प्रभावकारी देखिएको थियो। यो खोप लगाएपछि संक्रमण भए पनि अस्पतालमा भर्ना हुनु पर्ने र मृत्यु हुनेको संख्या शून्य थियो।

एक डोजमात्रै लगाउँदा हुने र सामान्य फ्रिजको तापक्रममै राख्न सकिने भएकाले संसारभरिका देशमा जोन्सनको खोपप्रति आकर्षण हुने बताइएको छ।

अमेरिकाले जोन्सनको १० करोड डोज भ्याक्सिन किनेको छ। यही साताभित्रै ३० देखि ४० लाख खोप वितरण गर्ने उसको योजना छ। अमेरिकामा अहिलेसम्म ९ करोड डोज भ्याक्सिन लगाइएको छ। त्यसमध्ये केही दोस्रो डोज पनि छ।

युरोपियन युनियनले पनि जोन्सनको खोपका डाटाहरू अध्ययन गरिरहेको छ।

8 thoughts on “एकै डोज लगाए हुने जोन्सनको कोरोना भ्याक्सिनलाई अमेरिकाले दियो अनुमति”
  1. Этот информативный материал предлагает содержательную информацию по множеству задач и вопросов. Мы призываем вас исследовать различные идеи и факты, обобщая их для более глубокого понимания. Наша цель — сделать обучение доступным и увлекательным.
    Подробнее можно узнать тут – https://nakroklinikatest.ru/

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. https://rushbet.cat/
    La plataforma Rushbet Colombia se consolida para 2026 como una plataforma de juego online confiable y completo en servicios, con la licencia oficial de su licencia oficial de Coljuegos, lo que garantiza seguridad juridica y cumplimiento en el territorio colombiano.

Leave a Reply

Your email address will not be published. Required fields are marked *